अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रादेशिक अस्पताल धनगढीमा भेटिएका चाैथो कोरोना भाइरस संक्रमितसँग यात्रा गरेका अर्घाखाँची जिल्लाका ४ जना पुरूष संपर्कमा आएका छन् ।
जिल्लाको भुमिकास्थान नगरपालिका नुवाकाेटका पिते कामी र असुरकाेटका बाबुराम राना यस्तै छत्रदेव गाउँपालिका ठुलापाेखराका श्यामलाल रेग्मी र केरूङगाका भिम बहादुर दर्जी गरी ४ जना जिल्ला प्रशासनको संपर्क आएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले अर्घाखाँचीडट्कमलाई बताउनु भयो । युएईबाट शारजहाँ विमानस्थल हुँदै काठमाडौ आएका धनगढीका संक्रमितसँग जहाजमा आएका थिए ।
अहिले उनिहरु सबै ४ जनालाई सन्धिखर्कको हटारीनेटा क्वारेन्टाइनमा राखिएको छ ।
धनगढीका संक्रमित दुबईबाट हालै मात्र नेपाल आएका र उनी उच्च ज्वरो र रुघाखोकीको समस्यापछि चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
अहिलेसम्म नेपालमा ५ जना कोरोना संक्रमित भेटिइसकेका छन् ।