कोरोना संक्रमितसँग यात्रा गरेका अर्घाखाँचीका एक जनालाई बुटवल रिफर, काठमाडौदेखि अर्घाखाँचीसम्मसँगै आउने यात्रु खोज्दै प्रहरी


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रादेशिक अस्पताल धनगढीमा भेटिएका चाैथो कोरोना भाइरस संक्रमितसँग यात्रा गरेका अर्घाखाँची जिल्लाका ४ जना पुरूष मध्ये एक जनालाई बुटवल रिफर गरिएको छ । 
धनगढीमा भेटिएका चाैथो कोरोना भाइरस संक्रमितलाई १ जनाले दुबईमा कोरोना संक्रमित व्यक्तिहरुलाई आइसोलेशनमा खाना पुराउने काम गरेका छत्रदेब गाउँपालिकाका १ एक जनालाई  ठुलापाेखराका बुटवल रिफर गरिएको हो । अन्य ३ जनालाई जनालाई सन्धिखर्कको हटारीनेटा क्वारेन्टाइनमा राखिएको छ । 
जिल्लाको भुमिकास्थान नगरपालिका नुवाकाेटका पिते कामी र असुरकाेटका बाबुराम राना यस्तै छत्रदेव गाउँपालिका ठुलापाेखराका श्यामलाल रेग्मी र केरूङगाका भिम बहादुर दर्जी गरी ४ जना जिल्ला प्रशासनको संपर्क आएका थिए । उनिहरु सबै युएईबाट शारजहाँ विमानस्थल हुँदै काठमाडौ आएका धनगढीका  संक्रमितसँग जहाजमा आएका थिए । 
धनगढीका संक्रमित दुबईबाट हालै मात्र नेपाल आएका र उनी उच्च ज्वरो र रुघाखोकीको समस्यापछि चैत ११ गते अस्पताल भर्ना भएका थिए । अहिलेसम्म नेपालमा ५ जना कोरोना संक्रमित भेटिइसकेका छन् ।
काठमाडौदेखि अर्घाखाँचीसम्मसँगै आउने यात्रु खोज्दै प्रहरी
उता जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले ४ जना पुरूषसँग काठमाडौ देखि घरसम्म आउने गाडी तथा यात्रुको विवरण खोजी शुरु गरेको छ । साथै काठमाडौ देखि घरसम्म आउँदा सम्पर्क भएकाहरुको समयमा नै खोजी गरि तत्काल सेल्फ क्यारिन्टिनमा बस्न जिल्ला अस्पतालका प्रमुख डाक्टर कोपिल गौतमले आग्रह गर्नु भएको छ । 

अन्य समाचारहरु