अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले घोषणा गरेको एक साता लामो लकडाउनको केही जनप्रतिनिधीले बिपन्न नागरिकलाई चामल दाल तेल र नुन सहितको खाद्यान्न वितरण गरेका छन् ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का नारायण खड्का र वार्ड नम्बर १ का कार्यबाहक अध्यक्ष लक्ष्मण पराजुलीले बिपन्न नागरिकलाई चामल दाल तेल र नुन सहितको खाद्यान्न वितरण गरेका हुन् ।
आफ्नो वार्ड अद्स्ख्य बाट पाउने पैसा सामाजिक कार्यमा सहयोग गर्दै आएका सन्धिखर्क – १२ का वडाअध्यक्ष नारायण खड्काले लकडाउनका कारण खाद्यान्न अभाव भएका डिभर्नावासीलाई चामल बोकेर घरदैलोमा पुराएका छन् ।
यस्तै सन्धिखर्क-१ का कर्यवाहक वडाअध्यक्ष लक्ष्मण पराजुली अति बिपन्न नागरिकलाई चामल दाल तेल र नुन सहितको खाद्यान्नको प्रबन्ध मिलाएर ब्यक्तिगत र सामाजिक सुरक्षा अपनाउदै बितरण शुरु गरेका छन् ।
यसअघि सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का नारायण खड्का र वार्ड नम्बर ४ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको लक डाउनको बेला जमघट हुनेगरी कपडाका माक्स वितरण गरेको भनी अर्घाखाँचीडट्कममा समाचार प्रकासित भएको थियो । भने समाचार आए लगतै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कपडाका मास्क वितरणमा बन्देज लगाएको छ ।
डिभर्नाका गरिव परिवारका दिलमा बसे नारायण खड्का
लकडाउनका कारण खाद्यान्न अभाव भएका डिभर्नावासी गरिवलाई आँफै चामल बोकेर घरदैलोमा पुराएका नारायण खड्का डिभर्नाका गरिव जनताका दिलमा बसेका छन् । अर्घाखाँचीका एक मात्र जनप्रतिनिधी खड्काले चुनाव जितेसँगै आफुले पाउने तलब डिभर्नाका गरिव, बिपन्न परिवारलाई सहयोग गर्दै आएका छन् ।
डिभर्नाका जनता भन्छन्, एमालेलाई चुनाव जिताएर अहिलेसम्म कसैले केही गरेनन् तर नारायण खड्का राजनीतिक पार्टीको मन जित्न नसके पनि गरिव जनताको मन जितेका छन् । उनी हाम्रो दिलमा सदा बस्ने छन् ।