अर्घाको रुब्दीमा बँदेलको आक्रमणबाट ३ जना घाइते

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -२ अर्घाको रुब्दीमा बँदेलको आक्रमणबाट ३ जना  घाइते भएका छन्।  
सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, रुब्दीमा घरमै बसेका उनीहरुलाई बँदेलले आक्रमण गरेको थियो । बँदेलको आक्रमणले घाईते भएकी ६५ वर्षिय चुमा भुसाल र ३२ वर्षिय बोम बहादुर घर्तीलाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारका लागी रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल पठाईएको छ । अर्का एक जना ३८ वर्षिय कल्लु चौधरी भने सामान्य घाईते रहेकाले उनको अर्घाखाँची अस्पतालमै उपचार भईरहेको अस्पताल प्रमुख कपिल गौतमले जानकारी दिए ।
नजिकै रहेको जंगलबाट आएको बँदेलले घरमै बसेका उनीहरुलाई आक्रमण गरेको थियो । प्रतिकारमा उत्रिएका उनीहरुले धारिलो हथियार प्रयोग गर्दा बँदेल पनी मरेको जिल्ला बन कार्यालयका प्रमुख शिव शर्माले बताए । उनका अनुसार घाईते अवस्थामा रहेको भाले बँदेललाई उद्दार गरी ल्याईएको थियो । पशु अस्पतालमा उपचारकै क्रममा बँदेल मरेको हो ।
मरेको बँदेललाई जिल्ला बन कार्यालय परिसरमा गाडिएको छ ।
   

अन्य समाचारहरु