अर्घाखाँचीबाट बझाङका २३ जना मजदुरहरु फर्किए

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले २३ जना बझाङका मजदुरहरुलाई घर फर्कन सहयोग गरेको छ ।    
प्रशासन कार्यालय अर्घाखाँचीले मालारानी गाउँपालिका वार्ड  नम्बर ३ खनदहमा रहेका १४  जना र छत्रदेवमा रहेका ९ जना बझाङका मजदुरहरुलाई घर फर्कन सहयोग गरेको हो ।
उनिहरुलाई सन्धिखर्कबाट लु .२ ख. ७२९१ को बसमा राखेर बझाङ जिल्ला फर्काइएको प्रशासन कार्यालय अर्घाखाँचीले बतायो । 
प्रशासनले बसका चालक थम्मन बहादुर खड्का र सचालक लक्ष्मण जिसीलाई आउन जानको लागि पास दिएको छ ।    

अन्य समाचारहरु