अर्घाखाँचीमा नियमित खोप सेवा स्थगित

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नियमित खोप सेवा हाललाई स्थगित भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले बताएको छ । 
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार  चैत्रको १८ देखि २२ सम्म सन्चालन हुने नियमित खोप सेवा हाललाई स्थगित भएको हो । 
नियमित खोप सेवा बारे अर्को मिती पछि जानकारी गराइने जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले बताएको छ । 

अन्य समाचारहरु