भारतको सिमामा अलपत्र परेका ४० जना अर्घाखाँचीबासीको अझै उद्दार हुन सकेन्

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण लकडाउनले गर्दा भारतमा अलपत्र परेका अर्घाखाँची जिल्लाका ४० जनालाई उद्दार गरी ल्याइदै भने पनि अहिलेसम्म पहल भएको छैन् ।  
लकडाउनले गर्दा भारतको  सिमानामा अलपत्र परेका अर्घाखाँची जिल्लाका ४० जनालाई उद्दार गरी अर्घाखाँचीमा ल्याउने कि सिमाबाट नेपाल ल्याई उतै क्वारेन्टाइनमा राख्ने भन्ने बारेमा अहिलेसम्म कुनै निर्णय नभएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी गराएको छ । उनिहरु भारत र नेपालमा लकडाउनपछि सिमामा अलपत्र परेपछि उद्दार गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्दै आएका छन् । यस्तै उनिहरुलाई ल्याउन बस पनि अझै पठाउन सकिएको छैन् । 
जिल्ला प्रशासन कार्यालयका अनुसार अर्घाखाँची प्रवेश अनुमती दिएका सबैलाई क्वारेन्टाइनमा राखिने तर कहाँ राख्ने भन्ने निर्णय छिटो हुने बताइएको छ ।

अन्य समाचारहरु