लकडाउनले गोखुङ्गाका दुध व्यवसायी संकटमा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका वार्ड नम्बर ९ को गोखुङ्गाका दुध व्यवसायी संकटमा परेका छन् । 
गोखुङ्गामा (कालिका दिपमा )मा सञ्चालीत मालारानी कृषि तथा पशुपालन फर्मबाट दैनिक रुपमा प्रशोधन हुदै आएको ३५ लिटर दुध मध्ये कोरोना भाइरस, लकडाउनका कारण दैनिक १५ लिटर दुध बिक्री नभएको भन्दै फर्म सञ्चालकहरु चिन्तित भएका हुन् । 
फर्मबाट दैनिक रु १ हजार ५० रुपैमा कम गएको फर्म सञ्चालक कृष्ण पौडेलले बताउनु भयो । 

अन्य समाचारहरु