अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका सबै कर्मचारीले ५ दिन बराबरको तलब कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोष मालारानीमा दिने भएका छन् ।
मालारानी गाउँपालिकाद्धारा स्थापित कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोषमा मालारानी गाउँपालिकाका सम्पूर्ण कर्मचारीले ५ दिन बराबरको तलब जम्मा गरिने भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताउनु भयो ।
मालारानी गाउँपालिकाका सम्पूर्ण कर्मचारीको ५ दिन बराबरको तलब रु. ३ लाख ८७ हजार ६ सय २१ रुपैया कोषमा जम्मा गरिने भएको छ ।
मालारानी गाउँपालिकामा तीन दिनको अवधीमा भारत लगायत अन्य मुलुकबाट २६५ आए
अर्घाखाँची जिल्लाको मलारानी गाउँपालिकामा तीन दिनको अवधीमा भारत लगायत विदेशबाट २६५ आएका छन् ।
कोरोना भाइरसको रोकथामका लागी मलारानी गाउँपालिकाले राखेको विवरण अनुसार भारतबाट २५४, कतारबाट २ , दुबईबाट ५ र अन्य मुलुकबाट ३ २६५ आएका हुन् ।
उनिहरु सबैलाई सेल्फ क्वारेन्टाइनमा घरमा बस्न अनुरोध गरेको मलारानी गाउँपालिकाले अर्घाखाँचीडट्कमलाई जानकारी गरायो ।
यस्तै मलारानी गाउँपालिकाले वार्ड – वार्डमा क्वारेन्टाइन बेड स्थापना तयारी गरिरहेको छ ।