माधव खनाल
१७ चैत अर्घाखाँची । विश्व भर फैलिएको कोरोना भाइरस (Covid19)बारे जानकारी गराउनको लागि भुमिकास्थान नगरपालिका वार्ड न १ ले वडा स्तरीय सचेतना समि गठन भएको छ ।
भुमिकास्थान नगरपालिका वडा न १ मा सोमबार भएको सर्व पक्षिय बैठकले भुमिकास्थान नगरपालिका वडा न १ का अध्यक्ष भोजराज खनाल अध्यक्ष रहेको २१ सदस्यीय वाड स्तरीय सचेतना समिती गठन गरेको छ ।
जसको सदस्य सचीवमा वडा सचीव डिलबहादुर कुमाल सदस्यहरुमा क्रमशः ओमप्रसाद बेल्बासे सान्ता खनाल चमकला नेपाली गोपाल बहादुर नेपाली युवराज खनाल मन्जु खनाल गणेश गिरि रामप्रसाद खनाल जुमलाल खनाल बाबुराम खनाल लगायत रहनु भएको छ ।
उक्त समितिले वडामा रहेका सम्पुर्ण जनता लाई कोरोना भाइरस बारे जानकारी गराउने र सरसफाइ सम्बन्धि सचेतना गराउने सङ्कास्पद व्याक्ती भेटिए समिमार्फत संबंधित निकायमा जानकारी गराउनको निमित्त समिति गठन गरिएको अध्यक्ष खनालले बताउनुभयो ।