सन्धिखर्कका समाजसेवी राजु खड्काले आफ्नो घरमा बस्नेलाई दुई महिनाको घरभाडा छुट गर्ने


लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)   । अर्घाखाँची जिल्लाको सन्धिखर्कका समाजसेवी राजु खड्काले घर भाडामा बस्नेहरुको दुई महिनाको घरभाडा छुट गर्ने भएका छन् ।
कोरोना त्रासले नेपाल लकडाउनको अवस्थामा पुगेको र नेपाल सरकारले घरभाडा छुट दिन आग्रह गरेसंगै उनले घरभाडा छुट गरिदिने घोषणा गरेका हुन् ।
सन्धिखर्क हटारीनेटामा रहेको घरमा ४ वटा कोठा भाडामा दिएका उनले चैत्र र बैशाख महिनाको घरभाडा नलिने भएका हुन् ।
‘विश्व नै दुखद स्थितीमा छ, नेपालको पनी अवस्था नाजुक नै छ,उनले भने,‘यो बेला सकारलाई सघाउनु पर्छ, मानविता देखाउनु पर्छ ।’ नेपाल सरकारको मन्त्रिपरिषद बैठकले घरधनीहरु संग चैत्र महिनाको घरभाडा छुट दिलाउन आग्रह गर्ने निर्णय गरेको थियो ।
हाल युएईमा रहेका समाजसेवी राजु खड्काले विभिन्न समयमा जिल्लाका गतिविधीमा सघाउँदै आएका छन् ।

अन्य समाचारहरु