अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर नम्बर -८ किमडाँडाको खालका एक युवाको नवलपुरको विनयी त्रिवेणीमा स्कुटर दुर्घट्ना परी निधन भएको छ ।
किमडाँडाको खालका ज्ञान बहादुर खत्रीका ३४ वर्षीय छोरा पदमबहादुर केसीको काठमाडौं देखि अर्घाखाँची फर्कने क्रममा नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत (नवलपरासी बर्दघाट सुस्ता पुर्वमा) डण्डामा बा. ६६ प. ४६८३ नम्बरको स्कुटर दुर्घट्ना पनि निधन भएको हो । स्कुटरको पछाडि बसेका गुल्मीको नेत्रबहादुर थापा सामान्य घाइते भएका छन् ।
काठमाण्डौका होटल व्यवसाय गर्दै आएका पदम केसीले चलाएको स्कुटरमा डण्डामा एक्कासी टायर पन्चर भएपछि नियन्त्रण गुमेर दुर्घटना भएको थियो । पदमका श्रीमती सम्झना केसी, एक ११ बर्षिय छोरा प्रिन्स केसी र ४ बर्षिय छोरी अनुष्का केसी रहेका छन् ।
मृतक शब पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको र घटनाको अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले बताएको छ ।