सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस संक्रमणको आशंकामा सन्धिखर्कबाट बुटवल पठाइएका हालसम्म आठ जनाको नमुना परिक्षणको लागि बुटवल पठाएकोमा ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीन जनाको रिपोर्ट आउन बाँकी छ । भने एक जनालाई स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै स्वाब नलिइकन फिर्ता गरिएको छ ।
यस्तै अर्घाखाँचीमा अहिलेसम्म विदेशबाट आउनेको संख्या १९५७ रहेको छ । अहिलेसम्म ५ जनालाई आइसोलेशन र ४५ स्थानमा रहेका क्वारेन्टाइनमा ३५ जनालाई राखिएको छ । यस्तै १३ जना होम क्वारेन्टाइनमा रखिएको छ ।
अर्घाखाँचीमा ४४४ क्वारेन्टाइन बेड तयार गरिएको छ ।
उता हरेक क्वारेण्टाइनमा व्यवस्थापनको लागि वार्ड अध्यक्षको संयोजकत्वमा संचालन तथा व्यवस्थापन समित र जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्वासेको संयोजकत्वमा क्वारेण्टाइन संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । सबै क्वारेण्टाइनलाइ न्यूनतम मापदण्ड पुराउने प्रयास जारी छ ।
सिमानाकामा रहेका अर्घाखाँचीबासी भारतमै फर्काइयो
यस्तै भारतको सुनौलीमा रहेका अर्घाखाँचीबासी सहित नेपालीहरुलाई नेपाल सरकारको अनुरोधमा भारतमै फर्काइयो र नौतुनाको क्वारेण्टाइनमा सबैलाइ एकै ठाउँमा राखिएको छ ।
अव कुनै पनि नेपाली सीमाबाट नेपाल छिर्न नपाउने भएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु बेल्बासेले जानाकारी दिनु भयो ।