मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य सुनौली पुगे, एकजना विरामीलाई उद्दार (तस्बिर भिडियो सहित)

( प्रकासित मिती: २०७६ चैत्र १९, बुधवार)
अर्घाखाँचीडट्कम संवाददाता
सुनौली (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य नेपाल भारत सिमा सुनौली पुगेका छन् ।
अध्यक्ष बालकृष्ण आचार्यले अर्घाखाँचीडट्कमलाई बताए अनुसार मालारानी गाउँपालिकाका वार्ड नम्बर ३ का विरामी मिनराज खनाललाई उद्दार गरी सँगै लिएर आएका छन् । मिनराज खनाल केही दिन देखि विरामी परेकाले नेपाल भारतका अधिकारीहरुको सहमतीमा नेपाल ल्याउन सफल भईएको हो । खनाललाई अहिले अध्यक्ष आचार्यले आफ्नै गाडीमा सँगै लिएर मालारानी लैजादै छन् ।
मिनराज खनाललाई क्वारेन्टाइनमा राखिने छ ।
उता अध्यक्ष आचार्यले आफु मालारानीका अलपत्र परेको भनेर डट्कममा समाचार आएपछि उद्दार गर्न सुनौली आएको बताए । मालारानीका मात्र नभएर जिल्लाका १४९ जनालाई लैजान जिम्म लिएको भएतापनि नेपाल भारत अधिकारीको सहमतीमा भारतमा राख्ने भएकोले बिरामी खनाललाई मात्र लिएर आएको बताए ।
मालारानीका ९० जना र १४९ जना सिमा पारी रहेका छन् ।
यस्तै उता मालारानी गाउँपालिकाका सबै कर्मचारीले ५ दिन बराबरको तलब कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोष मालारानीमा दिने भएका छन् । सम्पूर्ण कर्मचारीको ५ दिन बराबरको तलब रु. ३ लाख ८७ हजार ६ सय २१ रुपैया कोषमा जम्मा गरिने भएको छ ।
मलारानी गाउँपालिकामा तीन दिनको अवधीमा भारत लगायत विदेशबाट २६५ आएका छन् ।
कोरोना भाइरसको रोकथामका लागी मलारानी गाउँपालिकाले राखेको विवरण अनुसार भारतबाट २५४, कतारबाट २ , दुबईबाट ५ र अन्य मुलुकबाट ३ २६५ आएका हुन् ।
मलारानीमा अहिलेसम्म २३ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्म ३८ बेडको क्षमता रहेको छ ।
यस्तै आइसोलेसनमा १ कक्षमा ४ बेड तयार छन् ।

अन्य समाचारहरु