अर्घाखाँची चेम्बर अफ कमर्सद्धारा प्रहरी, प्रशासन र सेनालाई सर्जिकल मास्क बितरण (तस्बिर सहित)

प्रकासित मिती: (२०७६ चैत्र १९, बुधवार)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अर्घाखाँची चेम्बर अफ कमर्सले प्रहरी, प्रशासन र सेनालाई सर्जिकल मास्क बितरण गरिएको छ । 
अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा जिल्ला प्रशासन, सन्धिखर्क नगरपालिका, जिल्ला हस्पिटल, नेपाल प्रहरी, नेपाली सेना, सस्त्रर प्रहरीलाई जिल्ला प्रशासनको मातहतबाट सर्जिकल मास्क बितरण गरिएको हो । 
चेम्वर अर्घाखाँचीका अध्यक्ष अशोक कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष महेन्द्र सेजवाल, महासचिव प्रकाश भुसाल, कोषाध्यक्ष राम कुमार श्रेष्ठ, जिल्ला प्रवक्ता हरिप्रसाद भुसाल, जिल्ला सदस्य राम प्रसाद अधिकारी लगायतले प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलल मार्फत माक्स हस्तान्तरण गरेका हुन् । 
प्रमुख जिल्ला अधिकारी मार्फत चेम्वरले अस्पताललाई १४०० थान,, जिल्ला प्रहरी कार्यालयलाई ४०० थान, शसस्त्र प्रहरी बललाई २०० थान, रामबाण गुल्मलाई २०० थान, सन्धिखर्क नगरपालिकालाई ४०० थान र नेपाल पत्रकार महासंघलाई १०० थान संस्थागत रुपमा माक्स वितरण गरेको थियो । 

अन्य समाचारहरु