भूमिकास्थान नगरपालिकामा कोरोना राहत कोष निर्माण, सबै जनप्रतिनिधिहरु र कर्मचारीहरु आर्थिक रकम जम्मा गर्ने

अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाले कोरोना भाईरस संक्रमण रोकथामका लागि राहत कोष निर्माण गरेको छ । 
भूमिकास्थान नगरपालिकाको नुवाकोटमा बसेको बैठकले नोवेल कोरोना Covid-19 बाट नगरबासीहरुलाई सुरक्षित राख्न कोरोना संक्रमण रोकथाम, नियंत्रण तथा उपचार कोष स्थापना, नगरस्तरिय द्रुत प्रतिकार्य समूह गठन, दैनिक ज्यालादारी मार्फ़त जीविकोपार्जन गर्ने अति बिपन्न हरूलाई राहत प्याकेज वितरण गर्ने, नगरबासीहरुलाई मास्क वितरण गर्ने र कोरोना संक्रमण रोकथाम, नियंत्रण तथा उपचार कोषमा रक़म जम्मा गर्ने निर्णय गरेको हो । 
कोरोना भाईरस संक्रमण रोकथामका लागि राहत कोषमा भूमिकास्थान नगरपालिकाका सबै जनप्रतिनिधिहरु र कर्मचारीहरु आर्थिक रकम जम्मा गर्ने भएका छन् ।
आर्थिक कोषमा नगर प्रमुख रेशम थापाबाट रु १७५००, नगर उपप्रमुख खड़ानन्द बेल्बासेबाट रु १५०००, सबै वार्ड अध्यक्षहरुबाट प्रति व्यक्ति रु १२५००, कार्यपालिका सदस्यहरुबाट प्रति व्यक्ति रु ६५००, सबै वार्ड सदस्यहरुबाट प्रति व्यक्ति रु ४००० गर्नेछन् । 
यस्तै राष्ट्रसेवक कर्मचारीहरुबाट प्रमुख प्रशासकीय अधिकृत ५ दिन बराबरको पारिश्रमिक अधिकृतस्तरका कर्मचारी सबै प्रति व्यक्ति ३ दिन बराबरको पारिश्रमिक सहायकस्तरका कर्मचारी सबै प्रति व्यक्ति २ दिन बराबरको पारिश्रमिक र सवारी चालक र कार्यालय सहयोगी कर्मचारी सबै प्रति व्यक्ति १ दिन बराबरको पारिश्रमिक रक़म तत्काल जम्मा गर्ने निर्णय गरेको छ ।
शुरूमा भूमिकास्थान नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुबाट रक़म जम्मा गर्ने र राहत उपलब्ध गराउन ईछुक व्यक्ति वा संघ संस्था हरुलाई समेत उक्त कोषमा रक़म जम्मा गर्न अनुरोध गर्ने निर्णय नगरपालिका बाताबरण तथा प्रकोप ब्यबस्थापन समितिको बैठक मार्फ़त भएको छ ।
बैठक समितिका संयोजक तथा ९ नम्बर वार्डका वार्ड अध्यक्ष नारायण प्रसाद खनालको अध्यक्षतामा नगर प्रमुख रेशम थापा, नगर उप प्रमुख खड़ानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, सबै वार्डका वार्ड अध्यक्षहरु, कार्यक्रम अधिकृत हरिश्चंद्र भुसाल, जनस्वास्थ्य अधिकृत हरि प्रसाद पंथी, क अ शेषकान्त घिमिरेको उपास्थितीमा सम्पन्न भएको छ ।
राहत कोषमा रक़म जम्मा गर्न चाहनु हुने सबैलाई तल उल्लेखित मोबाइल नम्बरहरुमा प्रत्यक्ष सम्पर्क गर्न अहवान गरिएको छ ।  
नगर प्रमुख रेशम थापा ९८५७०६९९१२
नगर उप प्रमुख खड़ानन्द बेल्बासे ९८५७०६९९११
प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी ९८५७०६९९८१
जनस्वास्थ्य अधिकृत हरी पन्थी ९८५७०६६७४४

अन्य समाचारहरु