अर्घाखाँचीमा विदेशबाट फर्केका क्वारेन्टाइनमा बसेनन्, काठमाडौं, बुटवलबाट आएका विधार्थीले हैरान पारे, स्थानीय त्रसित

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ पालिकामा कोरोनाबाट बढी सङ्क्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा सङ्क्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन्।
सितापुरको झिर्रामा प्रबेश रोक ।  
अर्घाखाँचीमा अहिलेसम्म विदेशबाट आउनेको संख्या १९५७ रहेको छ । ती मानिस क्वारेन्टाइनमा नबसी बिना रोकतोक हिँडिरहँदा स्थानीयवासी त्रसित बनेका हुन् । बढी सङ्क्रमित देशबाट आएकालाई समाजमै घुलमिल भएर बस्न दिए रोग फैलनेमा स्थानीयवासीको चिन्ता छ । 
अर्घाखाँचीमा ५ जना आइसोलेसन र ४८ जना क्वारेन्टाइनमा रहेका छन् ।  ५ जना आइसोलेसनमा, ३५ जना क्वारेन्टाइनमा र १३ जना होम क्वारेन्टाइनमा बसेका छन् । तर विदेशबाट आएका अन्य घरमै क्वारेन्टाइनमा बस्न मानेका छैनन्। विश्वमा फैलिएको हेरेर पनि पाठ नसिके भयावह अवस्था आउनेतिर बेलैमा सचेत हुनुपर्ने स्थानीयवासीको माग छ।  
सङ्क्रामक रोग ऐनअनुसार यसरी निस्कनेलाई जेलसम्म हाल्न सकिने व्यवस्था भए पनि प्रहरीले समेत गम्भीररूपमा नलिएको जनप्रतिनिधि र स्थानीयवासीको भनाइ छ। अहिलेसम्म विदेशबाट आउनेमा मात्र कोरोना भाइरस देखिएकाले सावधानी अपनाउनुपर्ने स्थानीयवासीले बताउन्छन् । 
खाँचीकोटको डिहिडाँडाका स्थानियबासीले गाउँ प्रबेश निषेध । 
यस्तै विदेशको अलवा काठमाडौं, बुटवल, पोखराबाट गाउँमा फर्केका विधार्थीले समेत लकडाउनको अवज्ञा गरेका छन् । जिल्लाभर नै रातदिन मोटरसाइकलमा ओहोर दोहोर गरेर हैरान परेका छन् । दशैं, तिहारमा जस्तो जमघट  गरेर   गाउँमा युवायुवतीले त्रास फैलाएका छन् । 
उता लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले कारबाही नगरेको गुनासो स्थानियबासीको छ । 

अन्य समाचारहरु