सन्धिखर्कका लगभग १४ सय गरिब तथा विपन्न परिवारले राहत सामाग्री पाउदै (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण शुरु गरेको छ । 
सन्धिखर्क नगरपालिकाले सबै १२ वार्डका कुल १ हजार १ सय ९३ जना गरिब तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण शुरु गरेको हो । राहत सामाग्री वार्ड कार्यालयको मातहतमा वितरण गरिने छ ।     
सन्धिखर्क नगरपालिकाले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार १ मा १०८ जनालाई, २ मा १६२ जना, ३ मा  ३२ जना, ४ मा १६२ जना, ५ मा १११ जना, ६ मा १०४ जना, ७ मा १२९ जना ८ मा  ११५ जना ९ मा १५७ जना,  १० मा १०२ जना, ११ मा १५४ जना र १२ मा ५७ जना लागत लिएको छ ।   
सन्धिखर्क नगरपालिकाले ५ जना रहेको परिवारलाई ३० किलो चामल,२ किलो दाल,१ लिटर तेल,१ किलो नुन उपलव्ध गराउने छ । यसैगरी ४ जना सम्मको परिवारलाई  २० किलो चामल ,२ किलो दाल,१ लिटर तेल, १ किलो नुन तथा दुई जना सम्मको परिवारलाई १० किलो चामल , २ किलो दाल,१ लिटर तेल र १ किलो नुन उपलव्ध गराउने छ । 
जिल्लामा दैनिक  ज्याला मजदुरी बाट जिबीको पार्जन गर्नेहरुको संख्या अन्य ५ पालिकाको तुलनामा सन्धिखर्कमा निक्कै बढी छ । सन्धिखर्कको वडा नं.१ र २ मा मात्रै सयौं घरबास बिहिन मजदुरहरु बस्दै आएका छन् । यहाँ जिल्लाको अरु पालिका बाहेक प्युठान ,रोल्पा ,गुल्मी ,दाङ जिल्ला बाट आएका मजदुरहरु समेत बस्ने गर्छन् । 

अन्य समाचारहरु