अर्घाखाँचीमा टाेपबहादुर रायमाझीले उपलव्ध गराएका दस हजार प्रति सर्जिकल माक्स हस्तान्तरण

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रतिनिधि सभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई दस हजार प्रति मास्क उपलव्ध गराउनु भएको छ ।  
रायमाझीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई दस हजार प्रति सर्जिकल माक्स आज स्थानिय निकाय, सुरक्षाकर्मी, जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल पत्रकार महासघलाई उपलव्ध गराउनु भएको हो ।
राष्टिय सभा सदस्य चन्द्रबहादुर खड्का मार्फत प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेललाई मास्क हस्तान्तरण गरिएको छ।
साथै जिल्लामा आवश्यक पर्ने पिपिई, अन्य मेडिकल साम्रगीकाे डाटा तयार गरि उपलव्ध गराउन राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेललाई आग्रह गर्नुभयाे । 
आवश्यक साम्रगि ल्याउन आफु र प्रतिनिधि सभा सदस्य रायमाझी केही आफै खरिद गरि र केही राज्यकाे निकायबाट पहल गरि ल्याउने बताउनुभयाे ।

अन्य समाचारहरु