अर्घाखाँचीमा प्रशासनद्वारा लकडाउनलाई अझै कडाई, पूर्णपालना नगरे कडा कारबाही

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले लकडाउनलाई अझै कडाई गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक विज्ञप्ती जारी गर्दै लकडाउनलाई अझै कडाई गर्ने भएको हो । कसैले प्रशासनले जारी गरेका नियम विपरित कार्य गरेको पाईएमा कडा कारबाही गर्ने बताएको छ । 
जिल्लामा मास्क, साबुन तथा राहत वितरणमा भिड लाग्नेको संख्या बढेको र घर बाहिर निस्कन पनि मानिसहरुले नछोडेको देखिन्छ । सरकारले लकडाउनलाई कडाइ गर्दै स्थानीय तहको आवतजावतलाई बन्द गर्ने निर्णय गरेको छ। 
उता  कोडिभ–१९ का कारण सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना नगरेको भन्दै सहायक जिल्ला प्रमुख अधिकारी बिष्णु राज बेल्बासेले असन्तुष्ट व्यक्त गरेका छन् । उनले फेसबूक पेजमा यस्तो लेखेका छन् ।  
अर्घाखाँचीमा COVID-19 को खतराका तत्वहरु
१. बिना सावधानी गाउँ गाउँमा गएर मास्क र सावुन बाड्ने ब्यक्तिहरु
२. भारत लगायत अन्य मुलुकबाट अर्घाखाँची प्रवेश गरेका विना रोकतोक गाउँमा हिडडुल गर्ने, भोज भतेर गर्ने १९५७ जना ब्यक्तिहरु
३. सामाजिक दुरी र सुरक्षाका उपकरण प्रयोग नगरी राहत वितरण गर्ने स्थानीय तहहरु
४. बिना पास आवागमन गर्न बारम्बार दवाव दिइरहने ठूलावडा र राजनीतिकर्मी
५. सुरक्षाका ‌औजारको अभावमा पनि आफ्नो सेवा दिन रात दिइरहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र प्रशासनका कर्मचारीहरु
६. अन्य जिल्लाको फितलो चेकजाँचको फाइदा उठाउँदै यस जिल्लाको सिमानामा भिडभाड गर्ने ब्यक्तिहरु

अन्य समाचारहरु