अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क, शितगंगा नगरपालिकाले खोलेको कोरोना राहत कोषलाई सुपादेउराली मन्दिर ब्यबस्थापन समितिले १ लाख १ हजार रुपैयाका दरले जम्मा गरेको छ ।
नगरप्रुख कमल प्रसाद भुसाललाई सुपादेउराली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पृर्तम बहादुर थापाले एक कार्यक्रमका बिच १ लाख १ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
यस्तै शितगंगा नगरपालिकाले निर्माण गरेको कोषमा पनि सुपादेउराली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पृर्तम बहादुर थापाले एक कार्यक्रमका बिच नगरप्रमुख सुर्य प्रसाद अधिकारीलाई १ लाख १ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।