सन्धिखर्क, अर्घाखाँची । उद्घाटन, शिलन्यास लगायत विभिन्न कार्यक्रममा व्यस्त रहने सांसद तथा दलका नेता घरमै पुस्तक पढ्ने, श्रीमतीलाई खाना पकाउन, भाडा माझ्न सघाउने देखि गाउँमा सर्वसाधारणलाई फोन, फेसबुक म्यारेज र स्टाट्सबाट कोरोना विरुद्धको सचेतना फैलाउने काममा छन् ।
सर्वसाधारण हिडडुल, भेटघाट गरेपनि नेताहरु घरको गेटबाट बाहिर निस्केका छैनन् । पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी धेरै जिल्ला दौड्ने नेता हुन । साना देखि ठूलो हरेक कार्यक्रममा उनी प्रमुख अतिथि नै हुन्छन् । तर, उनी अहिले घरको सरसफाई, किताब पढ्ने र काजगपत्र मिलाउनेमा समय बिताएका छन् ।
घर पुरै सरसफाई गरें, चाहिने किताब र कागज राख्ने नचाहिने फ्याकेर व्यवस्थित गरेर राख्ने काम गरे, अहिले सुधीर शर्माको ‘प्रयोगशाला’ किताब आधा पढिसकें, यो सकेर अब डा. बाबुराम भट्टराइको थेसिसको किताब पढने तयारीमा छु, रायमाझीले भने । केही उपन्यास पनि पढने तयारीमा उनी छन् ।
काठमाडौबाट अर्घाखाँचीको कोरोना सम्बन्धीको गतिनिधि बुझ्ने, परामर्श र सहयोग गर्ने काममा रहेको उनले बताए । आउँदो बजेटमा जिल्लाका विकास योजना मन्त्रालयमा माग्न कागजपत्र तयार गर्दैछु, उनले भने ।
प्रदेश सांसद एवं नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यलाई घरमै लगातार बसाई पट्यार लाग्दो नै भएको छ । गाउँमा गएको छैन, जिल्ला प्रशासनले बोलाएको बैठकमा जाने, विहान र बेलुका सबै ठाउँका मान्छेलाई फोन गरेर कोरोना विरुद्धको अभियानका बारेमा बुझ्ने, सल्लाह, सुझाव दिने काम गरेको छु, उनले भने । हिडिरहेको बानी घरमै बस्दा पट्यार लाग्दो त भएको छ । तर, दिनभर घरपरिवारसँग बस्ने र राजनीति सम्बन्धी किताब अध्ययन गरिरहेको उनले बताए । सर्वसाधारणलाई फोनबाट निरन्तर सतर्क रहन, घरबाहिर ननिस्कन, सुरक्षित भएर बस्न भनिरहेको छु, उनले भने प्रदेश सांसद एवं नेकपा नेता रामजीप्रसाद घिमिरेले श्रीमतीलाई खाना, नास्ता बनाउने काममा दैनिक सघाएका छन् । घर सरसफाई देखि, लुगा धुने काम पनि गरेका छन् । दिउसो इन्दिरा गान्धीको जीवनी, जवाहरलाल नेहरु किताब पढिंसके, अब जगदीशचन्द्र घिमिरेको किताब पढ्ने तयारीमा छु, उनले भने । गाउँमै कस्तो मनोविज्ञान बनेको छ, अवस्था बुझ्ने, सचेत बनाउने, गाउ“मा फोन सम्पर्क गरेर परामर्श गरिरहेको उनले बताए ।
कांग्रेस सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ दैनिक सन्धिखर्क पाटी कार्यालयमा आउथे । लकडानपछि उनी खन गाउँमै बसेर फोनबाट सम्पर्क गर्ने, रिपोटिङ गर्ने र सतर्क रहन कार्यकर्ता र सर्वसाधारणलाई भनिरहेको छु, उनले भने । कतै बाहिर निस्केको छैन, घरमै बसेर किताब पढ्ने गरेको उनले बताए ।
प्रदेश–५ काग्रेस संसदीय दल सचेतक निर्मला क्षेत्रीले निवासमै बसेर कांग्रेसको दस्तावेज र विभिन्न विद्येयक पढिरहेकी छिन् । साथीभाइसँग फोन, सामाजिक सञ्जालमा कोरोनाको परामर्श गरिरहेकी छु, उनले भने ।
कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारीले फेसबुक म्यासेन्जर र फोनबाट कोरोनाबाट आफु पनि बच्न र अरुलाई पनि बचाउनु अनुरोग गर्दै समेत रहन भनिरहेको बताइन ।
स्रोत: जननी मिडिया प्रा. लि. द्धारा