अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा डिभिजन वन कार्यालय अर्घाखाँचीले गर्मी महिनासँगै वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि प्रचार प्रसार तथा होर्डिङ बोर्ड लगाएको छ ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापन योजना कार्यान्वयन अन्तरगत अर्घाखाँची जिल्लाभर गर्मी महिनासँगै वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि प्रचार प्रसार तथा होर्डिङ बोर्ड लगाएको कार्य गरेको हो ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापन योजना कार्यान्वयन अन्तरगत मालारानी गाउँपालिका वार्ड नं. ६ को हंसपुरको रतनमारे, भुमिकास्थान नगरपालिका वार्ड नं. ८ पोखेडाँडा, धारापनीको मिलनचौक, छत्रदेव गाउँपालिका वार्ड नम्बर -२ स्थित बलकोट पौवा लगायतका जिल्लाका विभिन्न क्षेत्रमा प्रचार प्रसार तथा होर्डिङ बोर्ड लगाएको छ ।
यस्तै डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो रोकथाम तथा नियन्त्रणको पूर्व तयारी गोष्ठी, कार्यक्रमहरु आयोजना गरिरहेको छ। कार्यालयले वनका कर्मचारीसँगै वन डढेलोबाट बढी जोखिममा रहेका क्षेत्रका सामुदायिक वनका पदाधिकारीलाई पूर्व सचेतना तथा रोकथामका उपाय बारेमा जानकारी दिएको छ ।
अर्घाखाँची जिल्लामा पछिल्लो वर्षहरुमा वन डढेलो ठुलो मानविय, धन सम्पत्तिको क्षति भएको देखिन्छ ।
डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार वर्षेनी गर्मीयाममा वनमा डढेलो लाग्ने क्रम घट्नुको साटो बढ्दो देखिन्छ । ‘प्राकृतिक र मानवीय दुई कारणले वनमा डढेलो लाग्ने गरेको छ, त्यसमा पनि मुख्य कारण मानवीय क्रियाकलाप नै हो’, डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार ‘प्राकृतिक कारण एकदमै न्यून छ, घाँस उमार्ने मनसायले वनमा डढेला लगाउने कारण ३० प्रतिशत, चुरोटविडि, सलाइका काटी लगायत सामना ननिभाई फाल्ने कारण १५ प्रतिशत र सामुदायिक वनमा रिसिबी फेर्न, गैर काष्ठ वन पैदावार संकलन गर्न तथा सुकेको काठ निकाल्ने कारण ५ प्रतिशत रहेको छ ।’