सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न स्थापना गरिएको राहत कोषको लागि प्याब्सन अर्घाखाँचीले जिल्लामा रहेका ६ वटै स्थानिय सरकारलाई आर्थिक सहयोग गरेको छ ।
जिल्लामा रहेका ६ वटै स्थानिय तहका राहत कोषमा प्याब्सन अर्घाखाँचीले १७ हजारका दरले एक लाख २ हजार रकम प्रदान गरेको प्याब्सन अर्घाखाँचीका अध्यक्ष गणेश क्षेत्रीले अर्घाखाँचीडट्कमलाई जानकारी दिनु भयो ।
प्याब्सनले सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, भुमिका स्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भन्डारीलाई चेक हस्तान्तरण गरेको छ ।
यस्तै अन्य ४ पालिकालाई प्रतिनिधि मार्फत चेक पठाईएको प्यापसन अर्घाखाँचीले जनाएको छ ।