अब अर्घाखाँचीमा पनि र्‍यापिड टेस्ट शुरु, पोजेटिभ आएमा बुटवल रिफर गरिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) को परीक्षण गर्न अर्घाखाँची जिल्लामा पनि तीव्र परीक्षण (र्‍यापिड टेस्ट) शुरु हुने भएको छ।
प्रदेश सरकार मार्फत ६० थान तीव्र परीक्षण (र्‍यापिड टेस्ट) जिल्लामा आउने भएका छन् । 
क्वारेन्टाइनमा १४ दिन बिताइसकेकाहरुलाई र्‍यापिड किटबाट टेस्ट गरिने छ । यो टेस्ट पोजेटिभ आएमा बल्ल स्वाबको लागि बुटवल रिफर गरिनेछ । नेगेटिभ आएमा घर पठाइने छ र ७ दिन घरमै होम क्वारेण्टाइनमा राखिने छ ।
यस्तै हटारीमा आजै टेष्ट गरिनेछ । भोली भूमिकास्थानमा १० जना र पाणिनीका ३ जनालाई यो टेष्ट गरिने छ ।
मालारानीका १० जनाको १४ दिन नपुगेकोले तत्काल नगरिने भएको छ । अर्घाखाँचीमा आजसम्म क्वारेण्टाइन बेड सँख्या ४५२ छन् ।  आइसोलेसन कक्ष १२ छन् । यस्तै ३४ जना क्वारेण्टाइनमा छन् । ८ जनाको नमुना परिक्षण नेगेटिभ आएको छ । अन्य अवस्था सामान्य रहेको छ सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु बेल्बासेले डट्कमलाई जानकारी दिनु भयो ।    

अन्य समाचारहरु