अर्घाखाँचीमा ४ करोड खर्चेर निर्माण गरिएको किमडाँडाको सिरुवार सडकमा चरम लापरवाही (भिडियो, तस्बिर सहित)



अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडा र भूमिकास्थान नगरपालिका – ४ धारापानीको सिमाना घाटाखोला देखि माथिको सिरुवार सडकमा चरम  लापरवाही भएको छ ।
किमडाँडा र धारापानीको सिमाना घाटाखोला देखि माथिको सिरुवार बाटोमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ र ठेक्कादार कम्पनीले चरम लापरबाही गरेका हुन् ।  सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ वडासदस्य नारायण अर्यालले अर्घाखाँचीडट्कमसँग बताए अनुसार यो सडक ४ करोडमा निर्माण भएको हो ।
साथै यो सडक “सडक डिभिजन कार्यालय कपिलवस्तुले निर्माण गरेको हो । धारापानी र किमडाँडाको सिमाना घाटाखोला देखि माथी पर्ने यो  किमडाँडाको पकले माथी सिरुवारमा पर्छ । सडक सिरुवार हुँदै अर्घाको हिले हुँदै हंसपूर जोडिएको छ ।
यो सडक  तल पानीका मुहान सुक्ने भन्दै ६,७ वर्ष अगाडि राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी लगायतले खन्न लाग्दा अबरोध गरेका थिए ।
यो सडकको बारेमा पछिल्लो समय एक तस्बिर सामाजिक सन्जालमा पोस्ट गरेपछि व्यापक चर्चा तथा अलोचना भएको छ । यस्तै स्थानिय पत्रकार प्रेम नारायण आचार्यले सम्बन्धित ठाउँमा पुगेर रिपोर्टिङ गरे अनुसार यस सडकमा गाडी चल्न सक्दैनन् ।
यस सडकको सडक डिभिजन कार्यालय कपिलवस्तुले निर्माण गरेको र कसले ईन्जिनियरिङ गरेको भन्ने थाहा हुन सकेको छैन् । तर यो सडकमा ठुलो रकम हिनाबिना भएको देखिन्छ । यसै बिषयमा राष्ट्रिय सभा सद्स्य चन्द्र बहादुर खड्काले व्यापक असन्तुष्टी पोखेका छन् । उनले भनेका छन्; के भनौं के भनौं भैराछ,मन सबै कोरोना तिर गैराछ ।  खड्काले लापरवाही गर्ने ठेक्दार कम्पनी, ईन्जिनियरिङ्गलाई कारबाही गर्न माग गरेका छन् । 
उता अर्घाखाचीका   केहि ठेकेदार  कम्पनीहरुले सस्तो, गुणस्तरहिन सामग्री प्रयोग गरि ६० प्रतिशत भन्दा बढी पैसा खाने गरेका छन् । जिल्लाभर राजनीतिक दल, प्रतिनिधिहरुको मिलिमतोमा ठेक्का-पट्टा गर्ने गराउने काम हुँदै आएको छ । 
जिल्लाको गोरसिङे – सन्धिखर्क होस् वा सदरमुकाममा पिच होस् सबै ठेकेदार र सडक डिभिजन कार्यालयको चरम लापरबाहीका कारण कम गुणस्तरको सामग्री प्रयोग गरिएका छन् । अर्घाखाँचीका सबै क्षेत्रमा  व्यापक भ्रष्ट्रचार बढेको देखिन्छ । अर्घाखाँचीका ठेक्दारले ठेक्का-पट्टाका नाममा कम गुणस्तरको सामग्री प्रयोग गरि अरबौ रुपैया कमाएर बसेका छन् ।

अन्य समाचारहरु