सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस अर्घाखाँचीले जिल्लामा रहेका ६ बटै स्थानिय सरकारहरुले स्थापना गरेको कोरोना रोग बिरुद्धको बिपत ब्यबस्थापन कोषमा ११ हजार एक सय एघार रुपैयाँ सहयोग हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
नेपाली काङ्ग्रेस अर्घाखाँचीका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानले डट्कमलाई जानकारी दिए अनुसार नेपाली कांग्रेस अर्घाखाँचीले जिल्लामा रहेका ६ बटै स्थानिय सरकारहरुले स्थापना गरेको कोरोना रोग बिरुद्धको बिपत ब्यबस्थापन कोषमा ११ हजार एक सय एघार रुपैयाँ सहयोग हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
नयाँ बर्ष २०७७ को शुभकामना सहित कोरोना बिरुद्धको अभियानमा डटेर मुकाबिला गर्न आग्रह गर्दै सबै कार्यकर्ता जिल्ला बासीलाई सरकारले गरेको लकडाउन पुर्ण पालना गर्न काङ्ग्रेस अर्घाखाँचीले आग्रह गरेको छ ।
सभापति मुस्कानले सामाजिक सन्जालमा भन्नु भएको छ यो एउटा सानो तर एक्यवद्धता जनाउने सृजनशिल कार्य हो।
प्रत्येक पालिकाले आफ्नो बैंक खाता उपलब्ध गराइदिनुहुन सादर अनुरोध छ। पार्टीको तर्फबाट सबैमा मंगलमय शुभकामना, सभापति बिस्नु प्रसाद खनाल मुस्कानले भन्नु भएको छ ।