अर्घाखाँचीमा कोरोनाको लडाइँमा खटिएकाको सम्मानमा राष्ट्रगान (फोटोफिचर)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कोरोनाको लडाइँमा अहोरात्र खटिएका चिकित्सक, नर्स, अतिआवश्यक प्रदायकका कर्मचारी, लगायतको सम्मानमा सोमबार बिहान राष्ट्रगान गाइएको छ भने त्यसपछि ताली बजाइएको छ।
जिल्लाको सन्धिखर्कमा जिल्ला प्रहरी कार्यालयका प्रहरीले सोमबार बिहान राष्ट्रगान गाएका हुन्। 
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई आ-आफ्नो घरको झ्याल ढोका वा कौसीबाट सोमबार बिहान आठ बजे राष्ट्रगान गाउन अनुरोध गरेका थिए। सोही अवसरमा सन्धिखर्कमा जिल्ला प्रहरी कार्यालयका प्रहरीले पनि गाएका छन्।

अन्य समाचारहरु