अन्य जिल्लाबाट पास लिएर आउनेलाई अबदेखि अर्घाखाँची प्रवेशमा रोक

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न गरिएको लकडाउनका बेला अन्य जिल्लाबाट पास लिएर आउनेलाई अबदेखि अर्घाखाँची जिल्ला प्रवेशमा अनुमती नदिने भएको छ । 
जिल्ला प्रमुख अधिकारी बिजय राज पौडेलका अनुसार अबदेखि अर्घाखाँचीमा अन्य जिल्लाबाट पास लिएर आएको भएतापनिक सम्बन्धित स्थानियतहको समन्वय बिना जिल्लामा अनुमती गराउन नसकिने भएको हो । 
लकडाउनका अवधीमा अर्घाखाँचीका विभिन्न नाका हुँदै प्रवेश गर्नेको लहर नरोकिएको भन्दै जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाबाट पास लिएर आउनेलाई अबदेखि जिल्ला प्रवेशमा अनुमती नदिने भएको छ । 
अर्घाखाँचीडट्कममा प्रकासित समाचार अनुसार हिजो सोमबार भैरहवावाट आएको सात जनाको समुह पाणिनी गाँउपालिका वार्ड नं ५ मैदान वर्थान मसिना  क्षेत्र हुँदै छिरेको थियो । यस्तै जिल्लामा बाहिरबाट पास लिएर आउने मानिस बढेको देखिन्छ ।   प्रशासनले भने पास दिनमा कडाई गरेको छ । 

अन्य समाचारहरु