सन्धिखर्ककाे टुडिखेल मैदानमा काेराना नियन्त्रणका लागि सर्वपक्षिय बैठक सम्पन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे आयाेजनामा काेराना नियन्त्रणका लागि सर्वपक्षिय बैठक सम्पन भएकाे छ ।  
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे आयाेजनामा काेराना नियन्त्रणका लागि मंगलवार राष्ट्रिय सभा चन्द्रबहादुर खड्का उज्ज्वल,प्रदेश सभा सदस्य रामजि प्रसाल घिमिरे, सनपा मेयर कमल प्रसाद भुसाल, प्रमख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी लगाएतकाे उपस्थितिमा बैठक सम्पन भएकाे हो । बैठक टुडिखेल मैदानमा बसेको थियो । 
बैठकले हेल्प डेक्स निरन्तरता दिन व्यवस्थापन गर्ने, जिल्लामा अगमन भएकाहरूकाे व्यवस्थापन मर्यादित गर्ने, भविश्य आउने सम्भावित दुर्घटनाका बारेमा तथा जिल्लामा भएका कमि-कमजाेरीबारे व्यापक छलफल भएकाे थियाे । 
अर्काे बैठक पुन बस्ने गरि बैठक समापन भएकाे थियाे । 

अन्य समाचारहरु