अर्घाखाँचीका सबै स्थानिय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखहरूकाे काेराना राेकथाम रणनीतिबारे बैठक सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सबै स्थानिय तहका प्रमुख,सुरक्षा निकायका प्रमुखहरूकाे काेराना राेकथामका लागि थप आगामी रणनीतिबारे बैठक सम्पन्न भएको छ ।  
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा जिल्लाका ६ वटै स्थानिय तहका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्यकर्मीहरु पत्रकारहरुको उपस्थितिमा कोरोना संक्रमण जोखिम थप न्यूनीकरण गर्नको लागि निर्णयलाई थप प्रस्ट पारेको छ । 
कोरोना संक्रमण जोखिम न्यूनीकरण तथा उपचार कार्यमा खटिएका स्वास्थ्यकर्मी ,सुरक्षा कर्मी, कर्मचारी लाई सयोग गर्दै अगाडि बढनु पर्ने अहिलेको आवश्यकता रहेको बैठकले थप प्रस्ट पारेको छ । 

अन्य समाचारहरु