अर्घाखाँचीलाई पाँच नम्बर प्रदेशद्धारा ८० लाख रुपैंया विशेष अनुदान

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पाँच नम्बर प्रदेशले अर्घाखाँची जिल्लाका ३ वटा नगरपालिकालाई १५ लाखका दरले ४५ लाख रुपैया र ३ वटा गाउँपालिका प्रत्येकलाई १० लाख रुपैंयाँको दरले ३० लाख गरी कुल ७५ लाख कोरोना कोषका लागि विशेष अनुदान दिने भएको छ । यसैगरी अर्घाखाँची जिल्ला समन्वय समितिलाई ५ लाख रुपैंया दिइने छ । 
अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार पाँच नम्बर प्रदेशले जिल्लाका सन्धिखर्क, भूमिकास्थान र शितगंगा नगरपालिकालाई १५ लाखका दरले ४५ लाख रुपैया र  छत्रदेव, पाणिनी र मालारानी गाउँपालिका प्रत्येकलाई १० लाख रुपैंयाँको दरले ३० लाख गरी कुल ७५ लाख कोरोना कोषका लागि विशेष अनुदान दिने भएको हो ।
अर्घाखाँचीका ६ पालिका र जिल्ला समन्वय समितिलाई गरी कुल ८० लाख रुपैंया दिइने छ । 
यस्तै अर्घाखाँची  जिल्ला समन्वय समितिले अनुगनको कामलाई प्रभावकारी बनाउने छ । बैठक र अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउने निर्णय गरिएको छ । 
कोरोना विशेष अनुदानको रकमलाई खर्च गर्नका लागि मापदण्ड पनि बनाइएको छ । 
कोरोना विशेष अनुदानको रकम देहाएबमोजिम खर्च गर्नुपर्ने छः 
क. प्राप्त रकम स्थानीय तहहरुले आफूले सञ्चालनमा ल्याएको कोरोना भाइरस नियन्त्रण तथा राहत सम्बन्धी कोषमा जम्मा गरी मापदण्डका आधारमा मात्र खर्च गर्ने । 
ख. स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थापनमा खर्च गर्ने । 
ग. लकडाउनबाट अति प्रभावित हुने श्रमिक तथा निम्नवर्गीय व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउन राहत प्रदान गर्नुपर्ने भएमा खाद्यान्न सामग्री खरिद गरी वितरण गर्ने प्रयोजनार्थ खर्च गर्ने । 
घ. त्यस्ता वर्गको पहिचान र राहत वितरण सम्बन्धित स्थानीय तहहरुको वडा कार्यालयहरुमार्फत खर्च गर्ने व्यवस्था मिलाउने । 
ङ. प्रचलित आर्थिक कार्यविधि सम्बन्धी कानुनको पालना गरी खर्च गर्नुपर्ने । 
च. प्रचलित कानुनबमोजिम कोषबाट भएको खर्च रकमको लेखापरीक्षण गराउनुपर्नेछ । 

अन्य समाचारहरु