बिहीबार नेता रायमाझीले माक्स-३०० पिस,पिपिइ ५० पिस,थर्मल गन ९ पिस,गलब्स २५० पिस,स्प्रे १ पिस र ग्राउन्ड डाक्टर १५ पिस अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण समारोहमा राष्ट्रिय सभा सदस्य चन्द बहादुर खड्का , प्रदेश सभा सदस्य चेतनारायण आचार्य , रामजी प्रसाद घिमिरे , सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल , जिल्लास्थित शुरक्षा प्रमुखहरु, अर्घाखाँची अस्पतालका प्रमुख कपिल गौतम लगायतको उपस्थित रहेको थियो ।
गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझीले अर्घाखाँची जिल्लामा अभाव भएकाे थर्मल गन सहित स्वास्थ्य साम्रग्री उपलव्ध गराउनु भएकाे छ ।
पिपिई ५० थान, थर्मल गन ९ पिस, सेनिट्याईजर ३० लिटर, ग्वाउन १५ पिस, माक्स ३ हजार, स्प्रेश मेसिन १ पिस, ग्लाेलब्स २५० पिस प्रमुख जिल्ला अधिकारी पाैडेल मार्फत स्थानिय तह,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी लगाएतलाई समानुपातिक वितरण गरिनेे जनाईएकाे छ ।
यश अघि पनि रायमाझीले जिल्ला प्रशासन कार्यालय मार्फत विभिन्न निकायलाई 10 हजार माक्स राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले हस्तान्तरण गर्नुभएकाे थियाे।
वितरणमा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल,प्रदेशसभासदस्यद्वय चेतनारायण अार्चाय,रामजि प्रसाद घिमिरे,सनपा मेयर कमलप्रसाद भुसाल,प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेल,सुरक्षा निकायका प्रमुख,डाक्टर,स्वास्थ्यकर्मी,पत्रकार लगाएतकाे उपस्थिति रहेकाे थियाे ।