अर्घाखाँचीभर २१ जनाको आरडीटी टेस्ट, सबैको नतिजा नेगेटिभ आयो (विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभरका क्वारेण्टाइनमा रहेका २१ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको छ । 
जिल्लाभर हालसम्म क्वारेण्टाइनमा रहेका २१ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको हो ।
स्वास्थ्य कार्यालय अर्घाखाँची प्रमुख पुष्पा थापाले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार सन्धिखर्क नगरपालिका वार्ड नम्वर १ को युवा वर्ष रविचित्र माध्यमिक विद्यालयको क्वारेण्टाइनमा रहेका ११ जना र सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ मा रहेको अर्घाखाँची आबशीय माध्यमिक विद्यालय बेलबाटिकामा रहेका १ जनाको आरडीटी टेस्ट नेगेटिभ आएको छ ।
 
यस्तै भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ को विश्व मावि क्वारेण्टाइनमा रहेका ३ जना र भुमिकास्थान नगरपालिका वार्ड नम्बर  २ को देउराली मावि राजिमी क्यारेन्टाइनमा ३ जना, भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ को यशोधारा आधारभुत विद्यालयको क्यारेन्टाइनमा रहेका १ जनाको पनि आरडिटी टेस्ट नेगेटिभ आएको छ ।
यसैक्रममा पाणिनी गाँउपालिका वार्ड नम्बर  ७ को विद्याविनोद माविको क्यारेन्टाइनमा रहेका २ जनाको पनि र्यापिड टेस्ट गर्दा सबैको नेगेटीभ आएको छ । 
र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटीभ आएका सबै जनालाई थप एक हप्ता घरमा सेल्फ क्वारेण्टाइनमा बस्ने गरी घरमा पठाएको त्यहाँका स्थानिय प्रतिनिधिहरुले अर्घाखाँचीडट्कमलाई बताए । 

अन्य समाचारहरु