सन्धिखर्कमा लकडाउनका अबज्ञा गर्दै नेबिसंघद्वारा ५१ औ स्थापना दिवस अवसरमा दिप प्रज्वलन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा काराेना भाईरस संक्रमण रोक्न गरिएको लकडाउनका अबज्ञा गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघकाे ५१ औ स्थापना दिवस दिप प्रज्वलन गरी मनाईएको छ । 
सदरमुकाम सन्धिखर्कको शान्ति बगैचा चाेकमा नेपाल विद्यार्थी संघकाे ५१ औ स्थापना दिवस दिप प्रज्वलन गरी मनाईएको हो ।
यस्तै शान्ति बगैचा चाेकमा जम्मा भएर विश्व भर (Covid 19) काराेना भाईरस संक्रमणबाट ज्यान गुमाउनु हुने प्रति भावपूर्ण श्रद्धाञ्जली तथा संक्रमित विरामीहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै सम्पूर्ण मानव जगतमा काेराेना भाईरससंग लड्न सक्ने शक्ति प्रदान हाेस भन्ने कामना सहित द्वीप प्रज्वलन गरिएको बताइएको छ । 
सन्धिखर्कको शान्ति बगैचा चाेकमा दिप प्रज्वलन गर्न नेबिसंघ जिल्ला अध्यक्ष भारतमणि भट्टराई, नेपाली कांग्रेसकी जिल्ला उपसभापति तथा महिला नेतृ शान्ता भण्डारी लगायतको सहभागिता रहेको थियो ।

अन्य समाचारहरु