अबदेखि अर्घाखाँचीमा कोरोना पोजेटिभ आएमा जिल्ला बाहिर जान नपर्ने, पीसीआर स्वाब संकलन एटियम बुथ तयार (अन्तरवार्ता, फोटो फिचर)

– सन्तोष के.सी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अबदेखि आरडीटी पोजेटिभ आएमा आएपछि पनि पीसीआर स्वाब नमुना संकलन अर्घाखाँची जिल्लामा नै गरिने भएको जिल्ला अस्पताल अर्घाखाँचीका मेडिकल  अफिसर तथा प्रमुख डा. कपिल गौतमले अर्घाखाँचीडट्कमलाई बताउनु भएको छ । स्वाब संकलनको लागि सन्धिखर्कमा नै एटियम बुथ तयार गरिने भएको छ ।
गौतमले अर्घाखाँचीडट्कमको अर्घाखाँची लकडाउन बिशेष – २०७६ / ७७ अन्तरवार्तामा बताए अनुसार र्‍यापिड डाइगोनिस्टिक टेस्ट (आरडीटी) मा पोजेटिभ आएमा एटियम बुथबाट पीसीआर स्वाब नमुना संकलन गरी प्रदेश स्तरीय प्रयोगशाला बुटवलमा पठाईने छ ।
गौतमका अनुसार अब यो सँगै कोरोना पोजेटिभ आएका विरामीलाई जिल्ला बाहिर जान नपर्ने भएको छ । पीसीआर पोजेटिभ आएमा जिल्लामा राखिने छ ।
साथै गौतमले जिल्ला अस्पताल अर्घाखाँचीबाट लकडाउन शुरु भएदेखि अहिलेसम्म १७ सय जनाले ओपिडी सेवा लिएको बताउनु भयो ।
उता जिल्लाभरका क्वारेण्टाइनमा रहेका २६ जनाको र्‍यापिड डाइगोनिस्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको छ । जिल्लामा स्वास्थ्य सामाग्री १ हप्ताको लागि रहेको सबैलाई सहयोग गर्न प्रमुख डा. कपिल गौतमले बताउनुभयो ।
 
जिल्लाभर हालसम्म क्वारेण्टाइनमा रहेका २६ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको छ । यस्तै जिल्लाभर अहिले ४२ जना क्वारेण्टाइनमा रहेका गौतमले बताउनु भयो । संक्रमण फैलिहालेको अवस्थामा जिल्लामा पूर्वतयार अवस्थामा रहेको उहाले बताउनु भयो ।
जिल्ला अस्पताल अर्घाखाँचीका मेडिकल  अफिसर तथा प्रमुख डा. कपिल गौतमसँग जिल्लाको  समग्र स्वास्थ्य तथा कोरोना भाइरस (कोभिड -१९ ) बारेमा  गरिएको  बिशेष अन्तर्वाता:-

Arghakhanchi District Hospital  जिल्ला अस्पताल अर्घाखाँची

अन्य समाचारहरु