हरि कुँवर
बाँगी, अर्घाखाँची । अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच (Iaco)ले विश्व भर फैलीरहेको कोरोना भाइरस को दुःखद प्रभाव ले जनजीवन अस्तव्यस्त बनाउदा पहिलो चरण को सहयोग जिल्लामा रहने गरिब तथा विपन्न सात घर परिवार लाई रु ५०,००० (पचास हजार) नगद तथा खाद्यान्नसामग्री हस्तान्तरण गरेको छ ।
अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच (Iaco) संस्थाले मालारानी गा. पा. वार्ड नो ४ निवासी क्यांसर पीड़ित भुवन रिजाल को परिवार लाई राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता मा रु १०,००० (दस हजार) जम्मा गरि सयोग गरेको थियो । क्रमश
मालारानी गा. पा. वार्ड नो ५ बाँगी निवासी बिबस कुँवर को आमा सरिता कुँवर लाई रु १०,००० (दस हजार) वार्ड अध्यक्ष शोभाखर भुसाल, पत्रकार नबिन केसी र स्थानीय गीता कुँवर को उपस्थिति मा नगद हस्तान्तरण गरिएको थियो ।
सन्धिखर्क न. पा. वार्ड न. १० सानो बराप निवासी क्यांसर पीड़ित गोपाल बिस्वकर्मा लाई रु १०,००० (दस हजार) उनकै नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक को खातामा जम्मा गरिएको थियो ।
छत्रदेब गा.पा. वार्ड नो ६ ठुलापोखरा निवासी पदम बन्जाडे लाई रु १०,००० (दस हजार) को खाद्यान्न सामग्री वार्ड अध्यक्ष, संस्था का सल्लाहकार हरि प्रसाद भुसाल र अम्बिका श्रेष्ठ को उपस्थिति मा हस्तान्तरण गरिएको थियो।
भुमिकास्थान न.पा. वर्ग नो ९ निवासी गत चैत१ मा हिमपात बाट मृत्यु हुने शालिकराम बलाल को श्रीमती मिना बलाल लाई रु ५००० ( पाँच हजार ) को खाद्यान्न वार्ड अध्यक्ष नारायण खनाल को उपस्थिति मा हस्तान्तरण गरिएको थियो । त्येसैगरी
भूमिकास्थान न.पा. वार्ड नो ४ निवासी पार्वती खत्री र मान बहादुर बिक को दुई घर परिवार लाई रु ५००० (पाँच हजार) को खाद्यान्न संस्था का सल्लाहकार हरि प्रसाद भुसाल ले हस्तान्तरण गर्नु भएको महासचिव दामोदर भुसालले जानकारी दिनु भयो ।
अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च (IACO) को अध्यक्षमा रन्जीत कुमार क्षेत्री, महिला उपाध्यक्ष रिना आचार्य, उपाध्यक्ष छबिलाल गिरि,महासचिव दामोदर भुसाल, सचीव अनमोल राक्से मगर, कोषाध्यक्ष सुर्य थापा, सह – कोषाध्यक्ष मा हरि कुँवर , सदस्यहरुमा ईश्वर जङ्ग थापा छेत्री,सन्तोष के.सी,बसन्त खड्का,पशुपति श्रेष्ठ,संरक्षकमा राजु खड़का, गिरी राज खनाल,राम प्रसाद पराजुली,यसैगरी प्रमुख सल्लाहकार युबराज केसी सल्लाहकार सहयोगी बीसी, प्रेस सल्लाहकार हरि प्रसाद भुसाल, अम्बिका बेल्बासे श्रेस्ठ , ठाकुर प्रसाद आचार्य घनश्याम ज्ञवाली, कानुनी सल्लाहकार ज्वाला क्षेत्री लाई चयन गरेको थियो ।
सयोग गर्ने संस्थाका पद्धाअधिकारी लाई धन्यवाद व्यक्त गर्दै दोस्रो चरणको सयोगमा जुट्न , संस्थामा आवद्ध हुन सम्पुर्ण अर्घाखाँची बासी लाई अध्यक्ष रन्जीत कुमार क्षेत्री ले आग्रह गर्नु भयो ।
जस्तोसुकै परिस्थितिमा पनि धैर्यता र हाेसियारि राख्दै समझदारि अनि विचलित नहुन अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मंच (Iaco) का अध्यक्ष रन्जीत कुमार क्षेत्री ले अर्घाखाँची बासी लाई आग्रह गर्नु भएको थियो ।
विभिन्न देशमा रहने अर्घाखाँची बासीको साझा संस्था को रुपमा सन २०१२ मा स्थापना भएको संस्था अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मंच ले जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।