अर्घाखाँचीमा मानव अधिकार अवस्था अनुगमन जिल्ला स्तरिय समिति गठन

सन्तोष के.सी 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २०७७ बैशाख ९  । काेराेना भाईरस (काेभिड -१९ ) बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा जिल्लामा  मानव अधिकारकाे अवस्था जानकाकारी लिनकाे  निम्ति जिल्ला स्तरिय अनुगमन समिति  अर्घाखाँचीकाे  गठन गरिएको  छ ।
केन्द्रमा राष्ट्रिय मानव अधिकार आयाेगका सदस्य  गाेविन्द शर्मा पाैडेलकाे संयाेजकत्वमा नाै सदस्यीय उच्चस्तरिय अनुगमन समिति गठन भै सकेकाे र देशका सबै प्रदेश र जिल्लाहरूमा पनि गठन गर्ने क्रम जारि रहेकाे छ ।
केन्द्र मा  राष्ट्रिय मानव अधिकार आयाेग ,नेपाल बार एसाेशिएशन ,नेपाल पत्रकार महासंघ र  गैर सरकारी संस्था महासंघ बिच सहकार्य गर्ने निर्णय  भए अनुसार जिल्लामा पनि साे अनुसार समिति गठन गरिएकाे हाे ।
उक्त समितिमा  जिल्ला बार एसाेशिएशन अर्घाखाँचीका अध्यक्ष बिजय कुमार खत्री संयाेजक, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम “लेकाली ” र गैर सरकारि संस्था महासंघ का अध्यक्ष ठाकुर प्रसाद अधिकारी  सदस्यमा रहनुभएकाे छ ।
साे समितिले काेराेना राेगकाे सम्वन्धमा जिल्लाका सराेकारवाला निकाए संग समन्वय गरि भैरहेका कार्यहरूकाे अनुगमन र रीपार्टिङ्ग गर्ने छ । साथै बर्तमानमा स्वास्थ्य उपचारकाे  अबस्था ,अाम उपभाेक्ताकाे अधिकार , न्याय प्रशासनमा पहुँच, लकडाउनकाे परिपालना  नागरिक कर्तव्य लगायतका बिषयमा भए गरेका कृयाकलापहरू अनुगमन गरि , जानकारि लिई सराेकारवाला सबैलाई  सुझाव दिने  र सघाउने छ । भने केन्द्रमा जिल्लाका गतिबिधिहरू  पुर्याउने छ ।
समिति निर्माण पछि  जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडल समक्ष  जानकारी पत्र समेत  दिईएकाे छ  ।

अन्य समाचारहरु