काठमाडौंबाट अर्घाखाँचीको लागि ४०० यात्रुहरुलाई लिएर १० वटा बस हिंडे

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क / काठमाडौं (अर्घाखाँचीडट्कम) । काठमाडौंबाट अर्घाखाँची जिल्लाको लागि ४०० जना यात्रुलाई लिएर १० वटा बस हिंडेका छन् ।

राष्ट्रिय युवासंघका केन्द्रिय सदस्य तथा समाजसेवी सुशिल भट्टराईले अर्घाखाँचीडट्कमलाई बताए अनुसार मंगलबार मध्यराती ११:१५ बजे काठमाडौंको कलंकीबाट अर्घाखाँची जिल्लाको सन्धिखर्कका लागि अनुमानित ४०० जना यात्रुलाई लिएर १० वटा बस हिंडेका हुन् ।
मंगलबार साँझ ६ बजे ३ वटा बस लैजाने तयारी भएपनि मानिसहरुको संख्या बढी हुँदा राती १० बजे मात्र ३ वटा अनी बाँकी ७ वटा बस मध्यरात ११:१५ बजे कलंकीबाट छुटेका हुन् ।

भट्टराईले अर्घाखाँचीडट्कमलाई बताए अनुसार  बसमा ३८, ४२ जनाका दरले यात्रुहरुलाई राखिएको छ । बसमा ३० प्रतिशत बच्चाबच्ची-महिला, ३० प्रतिशत विधार्थी र ४० प्रतिशत मजदुर रहेका छन् । यस्तै बसमा यात्रा गर्ने विधार्थी र मजदुरको भाडा पुर्व उपप्रधानमन्त्री तथा  प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझीले व्यहोर्ने हुने भएको छ । शुरुमा गाडी वालाले अहिले नै नगद चाहिन्छ भनी लामो विवाद गरे पछि रायमाझीले व्यहोर्ने हुने भएको हो ।
बसहरु सबै सिदा सदरमुकाम सन्धिखर्क लगिने योजना भएको छ ।
यस्तै काठमाडौंबाट यात्रुहरु पठाउन गाडीको समायोजन शिवदेव पाण्डे, पासको समायोजन मोहन गौतम र सुशिल भट्टराईले गर्नुभएको थियो । साथै जिल्ला जाने समायोजन टाेपबहादुर रायमाझीले गर्नुभएको थियो । उनिहरुले दिनभर काममा खटिएका थिए ।
उता यसअघि हजारदेखि १५ सय यात्रु हुने अनुमान गरिएको थियो । र कयौ अबेरासम्म कुरेर फर्किएका थिए ।
यो पनि हेर्नुस्:

अन्य समाचारहरु