टाेपबहादुर रायमाझीलाई बस वालाले पनि पताएनन्, ४०० जना अर्घाखाँचीबासीहरुले आँफै भाडा तिरेर काठमाडौं छोडे

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क / काठमाडौं (अर्घाखाँचीडट्कम) । काठमाडौंबाट अर्घाखाँची जिल्लाको लागि १० वटा बसमा आएका ४०० जना अर्घाखाँचीबासीहरुले आँफै भाडा तिरेर यात्रा गरेका छन् ।
नेपाल तरुण दल अर्घाखाँची – काठमाडौं संपर्क समितीका अध्यक्ष अर्जुन पोखरेलले अर्घाखाँचीडट्कमलाई बताए अनुसार मंगलबार मध्यराती ११:१५ बजे काठमाडौंको कलंकीबाट अर्घाखाँची जिल्लाको सन्धिखर्कका लागि १० वटा बसमा हिंडेका ४०० जना यात्रुहरु आँफै भाडा तिरेर यात्रा गरेका हुन् ।
मंगलबार साँझ ६ बजे समय तोकेको भएपनि मानिसहरुको संख्या बढी हुँदा राती १० बजे मात्र ३ वटा अनी बाँकी ७ वटा बस मध्यरात ११:१५ बजे कलंकीबाट छुटेका थिए । शुरुमा गाडी वालालाई पुर्व उपप्रधानमन्त्री तथा  प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझीले विधार्थी र मजदुरको भाडा आफुले व्यहोर्ने बताएपनि उनिहरुले आफुहरुलाई तेल हाल्नु पर्छ, लकडाउनको समस्या छ, क्यास पैसा माग गरेका थिए । गाडी वालाले चुनावमा जस्तो उदारो हुँदैन भनेपछि अन्तत रायमाझी त्यहाँबाट हिंडेका थिए ।
पोखरेलले भने; शुरुमा टाेपबहादुर रायमाझी आएर म ब्यबस्था गर्छु भन्नु भो तर चुनाबमा जस्तै उधारो गाडीधनिले लकडाउनमा बसेका हामी तेल हाल्न नि पैसा छैन पैसा नभै जादैनौ भने त्यही भन्दा भन्दै  अगाडी ४ वटा गाडी खडा थिए” यात्रु १०-११ वटा भरिने भए हामीले भन्यौ गाडीधनिसँग कुरा गर्नु तेलको पैसा दिनु बाँकी भोली दिनु भोली भेट गर्नु भन्यौ उहाले म सक्दिन भन्नु भयो, र हिंड्नु भयो, ………… हामी जुन किसिमले पठाउने भनेका थियौ यात्रुलाई सोध्यौ हामी फ्री भनेर आएको नि होइन उहाले गर्नु भएको भए ठिकै थियो गर्नुभएन त सेल्फ पेमा जान्छौ भनेपछि हामी तत्काल फेरि त्यही गाडीको गुरुजीहरुलाई समन्वय गरेर थप ७ वटा गाडी मगाएर सबै सेल्फ पे गरेर पठाएका हौ; पोखरेलले भने ।
पोखरेलका अनुसार गाडी रिजर्भ गरिएका र यात्रु सबैले १५ सय रुपैयाको आसपासमा तिरेर गएका हुन् ।
अन्तत: लकडाउनको बेला समस्यामा परेका अर्घाखाँचीबासीलाई सरकार्, स्थानिय निकायले गाडीभाडा तिर्नुपर्नेमा कसैले सहयोग गरेनन् ।
यसअघि  बसमा यात्रा गर्ने विधार्थी र मजदुरको भाडा पुर्व उपप्रधानमन्त्री तथा  प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझीले व्यहोर्ने भनी अर्घाखाँचीडट्कममा समाचार प्रकासित भएको थियो । तर गाडीधनीहरुले रायमाझीलाई नपताउदा उनिहरु आँफैले पैसा तिरेर जान वाध्य भएका थिए ।

उता वर्षाका कारण मध्यरातसम्म सयौ केटाकेटी, महिला समस्यामा परेका थिए । बसमा ३८, ४२ जनाका दरले यात्रुहरुलाई राखिएको छ । बसमा ३० प्रतिशत बच्चाबच्ची-महिला, ३० प्रतिशत विधार्थी र ४० प्रतिशत मजदुर रहेका छन् । यस्तै टोप बहादुरले राम्रोसँग समायोजन, सहयोग नगरेको भन्दै त्यहाँ उपस्थित युवाहरु आक्रोसित भएका थिए । टोप बहादुरका कारण लामो समय विवाद पनि चर्किएको थियो ।   
बसहरु सबै सिदा सदरमुकाम सन्धिखर्क लगिने योजना भएको छ ।
उता यसअघि हजारदेखि १५ सय यात्रु हुने अनुमान गरिएको थियो । र कयौ अबेरासम्म कुरेर फर्किएका थिए ।

अन्य समाचारहरु