अर्घाखाँचीका स्थानिय तहले प्रशासनलाई टेरेनन्, काठमाडौंबाट आएकालाई घर-घर पठाए

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिर्खक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाका स्थानिय निकायहरुले काठमाडौंबाट अर्घाखाँची फर्केका सबै मानिसहरूलाई स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयको अवज्ञा गरेका छन् ।
जिल्लाका छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका लगायतले काठमाडौंबाट आएका सबै मानिसहरूलाई स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयको अवज्ञा गरेका हुन् ।
छत्रदेव गाउँपालिकामा काठमाडौंबाट आएका ३९ जनालाई होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइयो (भिडियो, तस्बिर सहित)
स्थानिय तहले थर्मल गनले ज्वरो नाप्दै सबैलाई घर – घर पठाएका हुन्। जिल्ला प्रशासन कार्यालयले बुधवार बिहान लकडाउनलाई थप कडाई गर्ने र  काठमाडौंबाट अर्घाखाँची फर्केका सबै मानिसहरूलाई स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो ।  उनिहरू सबै स्थानीय तहले बनाएकाे क्वारेन्टाइनमा बसी स्वास्थ्य  परिक्षण र समय पूरा गरेर मात्र घर जाने उल्लेख थियो । यस्तै उनिहरूलाई प्रहरीले स्कटिङ गरि पथरकोर्ट हुँदै आएका डाेहटेबाट  सन्धिर्खक ल्याइ स्थानीय तहलाई जिम्मा दिईने प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेलले बताउनु भएको थियो ।
तर पथरकोर्ट हुँदै आएका कयौ शितगंगा, भूमिकास्थान नगरपालिकाबासी पनि थर्मल गनले ज्वरो नापेपछि त्यहाँबाट हिंडेका थिए । पाल्पा हुँदै आएका छत्रदेव गाउँपालिकाका ३९ जनालाई घर पठाइएको छ । यस्तै पाणिनीमा पनि घर पठाइएको छ ।
यसअघि घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने गरी पठाउने योजना भएपनिको पछिल्लो  काठमाडौंको विकसित रुपले गर्दा स्थानिय तहमा तयार गरिएका क्वारेन्टाइनमा राखिने निर्णय प्रशासनले गरेको थियो ।
अन्तत: काठमाडौंबट फर्केका सबैलाई स्थानिय क्वारेन्टाइनमा  राखिने, अब अर्घाखाँचीमा लकडाउन थप प्रभावकारी र कडाई गरिने
काठमाडौंबाट अर्घाखाँची जिल्लाको लागि आँफै भाडा तिरेर १० वटा बसमा ४०० जना अर्घाखाँचीबासीहरु जिल्ला आएका थिए । काठमाडौंबाट अर्घाखाँची ल्याउने क्रममा हिजो मंगलबार कलंकीमा ठुलो विवाद भएको थियो । टाेपबहादुर रायमाझीले असहयोग गरेको यात्रुहरुले आरोप लगाएका थिए ।
उता लकडाउनको बेला समस्यामा परेका अर्घाखाँचीबासीलाई सरकार्, स्थानिय निकायले गाडीभाडा तिर्नुपर्नेमा कसैले सहयोग नगरेकोले आँफै पैसा तिरेर आएका हुन् । अरु जिल्लामा भने स्थानिय निकायले सम्पूर्ण सहयोग गर्दै आएको छ ।

अन्य समाचारहरु