वैशाख ३ गते बुधवार शितागंगा नगरपालिका वार्ड नम्बर -२ सितापुरमा अलपत्र परेका कामदारहरु
अर्घाखाँचीडट्कम संवाददाता
सुपादेउराली, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड ७ सुपादेउरालीबाट कैलाली जिल्लामा फर्किएका किशोरको र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखाएको छ । यो सँगै अर्घाखाँची उच्च जोखिममा परेको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नं. ७ सुपादेउरालीमा पुल निमार्ण गर्न आएका ५१ जना मध्ये ३७ जना हिजो मंगलबार घर फर्किएका थिए । बाँकी अहिले १४ जना सुपादेउरालीमा पुल निमार्णमा छन् ।
सुपादेउरालीबाट मंगलबार फर्किएका मोहन्याल गाउँपालिका वार्ड नं.५ को कटौजेमा १७ वर्षीय किशोरमा र्यापिड टेष्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखाएको हो ।
मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिह रावलले एन्टीबडी पोजेटिभ देखाएपछि थ्रोट स्वाब संकलन गरी पीसीआर टेस्ट परीक्षणका लागि धनगढी पठाईएको जानकारी दिए ।
उनको धनगढीमा थ्रोट स्वाब संकलन गरी पीसीआर प्रविधिबाट परीक्षण गरिनेछ ।
वैशाख ३ गते बुधवार शितागंगा नगरपालिका वार्ड नम्बर -२ सितापुरमा अलपत्र परेका १७ जना कामदारहरुलाई बाँके जिल्लाको कोहलपुर पठाइएको थियो । यस्तै गुल्मीमा मजदुरी गर्ने दाङ्गका ५ जनालाई पनि उद्धार गरिएको थियो। पाल्पा जिल्लाको रिडीदेखि पैदल गरी आएका १७ जना कामदारहरु सितापुरमा अलपत्र परेका थिए । १७ जना मध्ये ५ जना महिला थिए ।