काठमाडौंबाट आएका गाउँ- गाउँमा पुगेपछि अर्घाखाँचीबासी त्रासमा, नेकपा र कांग्रेसको लडाईं

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । हिजाे काठमाडौंबाट अर्घाखाँची  घर फर्केका स्थानिय तहका क्वारेन्टाइनमा राख्ने गरी जिल्ला प्रशासनको आयोजनामा सर्बदलिय बिपत ब्यबस्थापन समितिको बैठकले गरेको निर्णय एक घण्टा नबित्दै यहाँका जिल्लाका नेताहरुको रोबरमा निर्णयको उल्लंघन भएको छ।
अर्घाखाँचीका स्थानिय तहले  प्रशासनलाई टेरेनन्, काठमाडौंबाट आएकालाई घर-घर पठाए
जिल्लाका छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, शितगंगा नगरपालिका लगायतले काठमाडौंबाट आएका ४ सय जनालाई स्थानिय तहले बनाएकाे क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयको अवज्ञा गरी सबैलाई घर – घर पठाएका छन् । यस्तै भुमिकास्थान र सन्धिखर्क नगरपालिकाले सामुहिक क्वारेन्टाइनमा राख्ने बताएका छन् ।
पथरकोर्ट हुँदै आएका कयौ शितगंगा, भूमिकास्थान नगरपालिकाबासी पनि थर्मल गनले ज्वरो नापेपछि त्यहाँबाट हिंडेका थिए । अर्घाखाँचीमा बुधवार बिहान सन्धिखर्क नगरपालिकाका ७२, शितगंगा नगरपालिकाका २४, भूमिकास्थान नगरपालिकाका २७, मालारानी गाउँपालिकाका ८२, छत्रदेव गाउँपालिकाका ११५, पाणिनी गाउँपालिकाका ७० जना र गुल्मी तथा प्युठानका २६ जना गरी चार सय १६ जना अर्घाखाँची आएका हुन्।
अन्तत: काठमाडौंबट फर्केका सबैलाई स्थानिय क्वारेन्टाइनमा  राखिने, अब अर्घाखाँचीमा लकडाउन थप प्रभावकारी र कडाई गरिने
जिल्लाका स्थानिय तहका प्रतिनिधिहरु, प्रहरी प्रशासनले ४ सय जना काठमाडौंबाट आउने भन्ने बारेमा पुर्व जानकारी नभएको बताएका छन् । स्थानिय तहका प्रतिनिधिहरुले पुर्व जानकारी नभएकोले स्थानिय क्वारेन्टाइनमा राख्नको लागि तयारी नभएको बताएका छन् ।
अर्घाखाँचीबासी त्रासमा
काठमाडौंमा ४ सय जना अर्घाखाँचीमा भित्रिएदेखि जिल्लाभर मानिसहरुमा त्रास बढेको देखिएको छ ।
टोपबहादुर रायमाझी पुष्पा भुसालको पहलमा हुनि खानी मान्छेहरुलाई गाउँ घरमा बस्नको लागि उनिहरुले पठाईएको र अर्घाखाँचीलाई भयावह स्थिती बनाउन लागिएको भनेर जिल्लाबासीले व्यापक विरोध गरेका छन् । यसरी एकसाथ धेरै मानिस गाउँगाउँ पुग्दा रोग फैलने होकी भन्ने सबैमा त्रास छाएको छ।
यस्तै पनि आफ्ना – आफ्ना मान्छेलाई मात्र लगेको भन्दै काठमाडौंबाट पनि अर्घाखाँचीबासीहरुले व्यापक गुनासो गरेका छन् । उता जिल्लामा बुधवार बिहान नै स्थानिय तहले काठमाडौंबाट आएकालाई घर – घर पठाएपछि  सामाजिक सन्जालमा समेत व्यापक विरोध, आलोचना भएको देखिन्छ ।
साथै सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु बेल्बासेले पनि एकाएक पुर्व जानकारी बिना काठमाडौंबाट मान्छे पठाएपछि राजनीतिक दलहरु प्रति असन्तुष्टी व्यक्त गरेका छन् । उनले फेसबूकमा लेखेका छन्: जवरजस्त जिल्लामा ल्याइएकाहरुलाइ यदि स‌ंक्रमण भएको र उहाँहरु मार्फत समुदायमा प्रसार भइ हजारौंको क्षति भएमा पठाउने र आउनेले जिम्मेवारी लिने कि नलिने ?। के यो निर्वाचनमा झै मानिस ओसारेर गुन लगाउने समय हो ? । भाइरसको सर्ने माध्यम मानिस मात्र हो भन्ने हेक्का नभइ कसरी यो हर्कत गरिदैछ ।
नेकपा र कांग्रेसको लडाईं
काठमाडौंबाट अर्घाखाँचीमा आएका ४०० जना अर्घाखाँचीबासीहरुको बिषयलाई लिएर यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कांग्रेस समर्थकबीच सामाजिक संजालमा लडाईं – जुहारी चलेको छ । नेकपा र कांग्रेसको कलंकीको झगडा, विवादले सयौ बच्चा-बच्ची, महिला घण्टौ विचल्लीमा परेका थिए ।
११ वटा बसमा आएका अर्घाखाँचीबासीको बिषयमाथि राजनीतिक गरेका छन् । पुष्पा भुसालले सातवटा बस र टोपबहादुर रायमाझीले चारवटा बस व्यवस्थ्या गरेको भनेर दुबै पक्षले प्रचारबाजी गरेका छन् । यस्तै काठमाडौंबाट अर्घाखाँची बस पठाउन पुष्पा भुसाल, कांग्रेस पक्षले आफुले गरेको भनेर दावी गरेका छन् । यस्तै नेकपा पक्षले टोपबहादुर रायमाझीले कलंकीमा नै गएर समायोजन गरेका हुन् भन्दै जुहारी चलाएका छन् ।
अर्घाखाँचीडट्कमले मंगलवार राती, बुधवार बिहान टाेपबहादुर रायमाझीलाई बस वालाले पनि पताएनन्, ४०० जना अर्घाखाँचीबासीहरुले आँफै भाडा तिरेर टोप बहादुरले भाडा बेहोर्ने गरी काठमाडौं छोडे तथा काठमाडौंबाट अर्घाखाँचीको लागि ४०० यात्रुहरुलाई लिएर १० वटा बस हिंडे भन्ने समाचारले दुबै पक्ष तातेका थिए । गाली गलौजमा समेत उत्रिएका थिए ।
कांग्रेस पक्षले टाेपबहादुर भागेको भनेका छन् भने नेकपा पक्षले टाेपबहादुर समायोजन गरेका हुन् भन्दै एक अर्कामा जुहारी चलाएका छन् । शुरुमा गाडी वालाले अहिले नै नगद चाहिन्छ भनी लामो विवाद गरे पछि रायमाझीले व्यहोर्ने हुने भएको हो भन्ने नेकपा पक्षको दावी थियो ।
स्थानीय प्रशासन र स्थानीय सरकारलाई औपचारिक जानकारी नगराई बुधबार ४ सय १६ जना  अर्घाखाँची भित्रिएका थिए ।  काठमाडौंमा अध्ययन गर्ने विद्यार्थी, व्यवसायी र मजदुर गृह मन्त्रालयले दिएको पास लिएर ११ वटा बसमा गृहजिल्ला आएका थिए । काठमाडौंबाट फर्कने १ हजारदेखि १५ सय यात्रु हुने अनुमान गरिएको थियो । र कयौ अबेरासम्म कुरेता पनि राजनीतिक विवादले फर्किएका थिए ।
उता नेपाल तरुण दल अर्घाखाँची – काठमाडौं संपर्क समितीका अध्यक्ष अर्जुन पोखरेलले अर्घाखाँचीडट्कमलाई बताए अनुसार मंगलबार मध्यराती ११:१५ बजे काठमाडौंको कलंकीबाट अर्घाखाँची जिल्लाको सन्धिखर्कका लागि १० वटा बसमा हिंडेका ४०० जना यात्रुहरु आँफै भाडा तिरेर यात्रा गरेका हुन् ।
मंगलबार साँझ ६ बजे समय तोकेको भएपनि मानिसहरुको संख्या बढी हुँदा राती १० बजे मात्र ३ वटा अनी बाँकी ७ वटा बस मध्यरात ११:१५ बजे कलंकीबाट छुटेका थिए । शुरुमा गाडी वालालाई पुर्व उपप्रधानमन्त्री तथा  प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझीले विधार्थी र मजदुरको भाडा आफुले व्यहोर्ने बताएपनि उनिहरुले आफुहरुलाई तेल हाल्नु पर्छ, लकडाउनको समस्या छ, क्यास पैसा माग गरेका थिए । गाडी वालाले चुनावमा जस्तो उदारो हुँदैन भनेपछि अन्तत रायमाझी त्यहाँबाट हिंडेका थिए ।
पोखरेलले भने; शुरुमा टाेपबहादुर रायमाझी आएर म ब्यबस्था गर्छु भन्नु भो तर चुनाबमा जस्तै उधारो गाडीधनिले लकडाउनमा बसेका हामी तेल हाल्न नि पैसा छैन पैसा नभै जादैनौ भने त्यही भन्दा भन्दै  अगाडी ४ वटा गाडी खडा थिए” यात्रु १०-११ वटा भरिने भए हामीले भन्यौ गाडीधनिसँग कुरा गर्नु तेलको पैसा दिनु बाँकी भोली दिनु भोली भेट गर्नु भन्यौ उहाले म सक्दिन भन्नु भयो, र हिंड्नु भयो, ………… हामी जुन किसिमले पठाउने भनेका थियौ यात्रुलाई सोध्यौ हामी फ्री भनेर आएको नि होइन उहाले गर्नु भएको भए ठिकै थियो गर्नुभएन त सेल्फ पेमा जान्छौ भनेपछि हामी तत्काल फेरि त्यही गाडीको गुरुजीहरुलाई समन्वय गरेर थप ७ वटा गाडी मगाएर सबै सेल्फ पे गरेर पठाएका हौ; पोखरेलले भने ।
पोखरेलका अनुसार गाडी रिजर्भ गरिएका र यात्रु सबैले १५ सय रुपैयाको आसपासमा तिरेर गएका हुन् ।

काठमाडौंबाट आएका गाउँ- गाउँमा पुगेपछि अर्घाखाँचीबासी त्रासमा छन् । नेकपा र कांग्रेसको लडाईं, जुहारी जारी छ । अर्घाखाँचीमा यतिबेला नेकपा र कांग्रेसले राहत बाढ्ने देखि मान्छे जिल्लामा भित्राउन प्रतिष्पर्दा गरेका छन् । यि २ पार्टीलाई लकडाउन चुनाव भन्दा बढी लागेको छ । उता नौतुना-सुनौलीमा रोकिएर रहेका अर्घाखाँचीबासीलाई ल्याउन यि २ पार्टीका नेताहरु व्यापक लागिपरेका छन् । कसले छिटो ल्याउने छ त्यो हेर्न बाँकी छ । 

अन्य समाचारहरु