पीसीआर पोजेटिभ आएमा सन्धिखर्क र शितगंगालाई सिल गरिने, एक दिन अगाडि सुपादेउरालीबाट कैलाली गएका किशोरमा कोरोना पोजेटिभ देखियो

अर्घाखाँचीडट्कम संवाददाता
सुपादेउराली,  अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड ७ खाचिकोटको सुपादेउरालीबाट  कैलाली जिल्लामा  फर्किएका किशोरको र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखाएसँगै अर्घाखाँची उच्च जोखिममा परेको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नं. ७ सुपादेउरालीमा पुल निमार्ण गर्न आएका ५१ जना मध्ये ३७ जना  वैशाख ९ गते मंगलबार घर फर्किएका कैलाली जिल्लाका  मोहन्याल गाउँपालिका वार्ड नं.५ को कटौजेका १७ वर्षीय किशोरमा र्‍यापिड टेष्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखाएको छ ।
सुपादेउराली मन्दिर व्यवस्थापना समितीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार बाँकी अहिले १४ जना अहिले पनि  सुपादेउरालीमा पुल निमार्ण कार्यमा छन् । उनिहरु १४ जना शीतगंगा नगरपालिका–२ सीतापुर, सुपादेउराली क्षेत्रमा बस्दै आएका छन् ।
सन्धिखर्क, शितगंगा नगरपालिकाका प्रतिनिधिहरुले उच्च जोखिम बढेको र पीसीआर टेष्ट पोजेटिभ आएमा सन्धिखर्कको खाचिकोट, शितगंगा नगरपालिकालाई सिल गर्नुपर्ने बताएका छन् ।  १४ जनालाई पनि क्वारेन्टाइनमा  राखिने बताएका छन् ।
उता कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिह रावलले किशोरको एन्टीबडी पोजेटिभ देखाएपछि थ्रोट स्वाब संकलन गरी पीसीआर टेस्ट परीक्षणका लागि धनगढी पठाईएको जानकारी दिए । एक दिन अगाडि सुपादेउरालीबाट सिदा घर गएका थिए ।
उनको धनगढीमा थ्रोट स्वाब संकलन गरी पीसीआर प्रविधिबाट परीक्षण गरिनेछ ।
वैशाख ३ गते बुधवार शितागंगा नगरपालिका वार्ड नम्बर -२ सितापुरमा अलपत्र परेका १७ जना कामदारहरुलाई बाँके जिल्लाको कोहलपुर पठाइएको थियो । यस्तै गुल्मीमा मजदुरी गर्ने दाङ्गका ५ जनालाई पनि उद्धार गरिएको थियो। पाल्पा जिल्लाको रिडीदेखि पैदल गरी आएका १७ जना कामदारहरु सितापुरमा अलपत्र परेका थिए । १७ जना मध्ये ५ जना महिला थिए ।

अन्य समाचारहरु