सुपादेउरालीमा काम गर्ने कैलालीका बाँकी १४ जनाको आरडीटी नेगेटिभ आयो

अर्घाखाँचीडट्कम संवाददाता
सुपादेउराली,  अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड ७ खाचिकोटको सुपादेउरालीमा बन्जिम पुल निर्माणमा काम गर्ने  कैलाली जिल्लाका १४ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको छ ।
खाचिकोटको सुपादेउरालीमा बन्जिम पुल निर्माणमा काम गर्ने  कैलाली जिल्लाका १४ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको हो ।
सुपादेउरालीमा पुल निमार्ण गर्न आएका ५१ जना मध्ये ३७ जना  वैशाख ९ गते मंगलबार घर फर्किएका कैलाली जिल्लाका  मोहन्याल गाउँपालिका वार्ड नं.५ को कटौजेका १७ वर्षीय किशोरमा र्‍यापिड टेष्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखाएको थियो । पछि उनको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा थ्रोट स्वाब  पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ आएको थियो ।
यस्तै  ति युवकसंगै फर्किएर कैलाली जिल्लाको महोन्याल प्राविको क्वारेन्टाईनमा रहेका ३६ जनाको रिर्पोट भने नेगेटिभ आएको थियो ।
सुपादेउराली मन्दिर व्यवस्थापना समितीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार बाँकी अहिले १४ जना अहिले पनि  सुपादेउरालीमा पुल निमार्ण कार्यमा छन् । उनिहरु १४ जना  सुपादेउराली क्षेत्रको जंगलमा बस्दै आएका छन् ।

अन्य समाचारहरु