हिम लेकाली
सन्धिखर्क, अर्घाखाँची २०७६ बैशाख १६ । प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेलकाे संयाेजकत्वमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेकाे सर्वदलीय ,सर्बपक्षीय बैठकले सन्धिखर्कमा छिमेकी जिल्लाबाट तरकारी ल्याउने निर्णय गरेकाे छ ।
काेराेना भाइरस ( काेभिड १९ ) महामारिका कारण जिल्लामा भारतबाट आउने तरकारी तथा फलफुल राेकिएकाे थियाे । राेग संक्रमण हुने खतराका कारण बाहिर जिल्लाबाट आउने तरकारि राेकिए पछि जिल्ला भित्र नै उत्पादन भएको तरकारि संकलन गरि बिक्री बितरण गर्ने गरिएकाे थियाे ।
अहिले बजारमा स्थानीय उत्पादनले धान्न नसकेकाे र तरकारिकाे कमिभई उपभाेक्ता लाई समस्या परेकाे जनगुनासाे अाय पछि तरकारि बाहिरि जिल्ला बाट ल्याउने निर्णय गरिएको हाे ।
छिमेकि जिल्लाबाट तरकारि ल्याउदा शुरक्षित पूर्वक स्थानीय तहकाे सिफारिसमा उत्पादनकाे विल बिजक लिएर मात्र बिश्वाशिलाे तवरमा तरकारि बिक्रेताहरूलाइ तरकारि सन्धिखर्क ल्याउन दिने निर्णय गरिएकाे छ ।
राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का ,प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल ,उप प्रमुख ठाकुर कुमार बि.क.(किशाेर )काे विशेष आतिथ्यता रहेकाे बैठकमा सुरक्षा निकायका प्रमुख ,राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू ,जन प्रतिनिधि ,सराेकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधिहरू ,पत्रकार लगाएतकाे उपस्थिति रहेकाे थियाे ।