अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ११ टन तरकारी भित्रिएको छ ।
अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीले कपिलवस्तुको बुद्दभुमी रामघाटबाट सदरमुकाम सन्धिखर्कमा ११ टन तरकारी भित्राएको हो । ११ टन तरकारी २ लाख ७२ हजार ५ सयमा भित्रिएको छ ।
सन्धिखर्क, चुत्राबेसीका बजारमा तरकारीकाे अभाव भएको भनेर वैशाख १६ गते मंगलवार प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेलकाे संयाेजकत्वमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेकाे सर्वदलीय ,सर्बपक्षीय बैठकले सन्धिखर्कमा छिमेकी जिल्लाबाट तरकारी ल्याउने निर्णय गरेकाे थियो ।
अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीले ८ हजार केजी टमाटर २५ रुपैयामा, भिन्डी २० केजी ६५ रुपैयामा, मुली २९० केजी २० रुपैयामा, गाजर १६० केजी ३३ रुपैयामा, काँक्रो ३३० केजी ४० रुपैयामा, बोडी ३१० केजी ६० रुपैयामा, करेला १८५ केजी ६० रुपैयामा, लौका १२० केजी ३० रुपैयामा, फर्सी ११० केजी ३० रुपैयाका दरले खरिद गरिएको छ ।
तरकारीको मूल्य घट्याे
जिल्ला प्रशासन कार्यालयमा भएकाे छलफलबाट तरकारीकाे मूल्य निर्धारण भएकाे छ । खरिदकाे मुल्य र दुवानी मूल्य सहितकाे मुल्यमा अधिकतम २० प्रतिशत फाईदा राखी बेच्ने निर्णय भएकाे छ।
जस्ताे कि २५ रूपैया थाेक टमाटरमा १० प्रतिशत वस्टेज सहित फाईदा समेत राखी थाेकमा ३० रूपैयामा बेच्ने र खुद्रा ४० रूपैयामा बेच्नु पर्ने छ । याे निर्णय भन्दा अगाडि व्यापरीहरुले ६० रूपैया बेच्दै आएका थिए ।
३ देखि ५ रुपैया माथि राखेर बिल
अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीले कपिलवस्तुको बुद्दभुमीमा किनेको सबै तरकारीमा ४ देखि ७ रुपैया माथि राखेर बिल बनाएको एक जना व्यापारीले नाम नबताउने, नलेख्ने सर्तमा जानकारी दिएका छन् ।
समितीका तर्फबाट तरकारी किन्न गएका व्यवसायीहरुको मिलोमतोमा हरेक तरकारीमा ४ देखि ७ रुपैया आफुलाई नाफा राखेर बिल बनाइएको हो ।
उनको भनाई अनुसार टमाटर १२ देखि १५ रुपैयामा पाईन्छ तर बिल २५ रुपैया बनाएका छन् । उनका अनुसार तराईमा तरकारी बिक्री नभएर फाल्ने अवस्था छ । तर समितीले लोड गर्दा, उठाउदा समेत गरी उक्त बिल बनेको दावी गरेको छ ।
अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीले ११ टन तरकारी २ लाख ७२ हजार ५ सयमा भित्रिएको छ ।
कालो बजारी भनेर आपत्ति
संकटका वेला अर्घाखाँची जिल्लामा कालाेवजारी भएकाे भनेर केही व्यक्तिले भ्रम फैलाएको भन्दै अर्घाखाँची चेम्बर अफ कमर्सले यस्ता हल्लामा कुनै सत्यता नभएकाे बताएकाे छ ।
टमाटरमा प्रती के.जी रु. २५ मा खरिद गरेको र सन्धिखर्कमा उपभोक्ताहरुलाई रु ५० देखि ६०/ ७० मा बेचेको भन्दै भ्रम फैलाईएको थियो । सामान्यतय २५ रुपैयाको टमाटरमा ढुवानी-लोड, खानापिन खर्च रु. ५, अर्घाखाँची फलफुल तथा तरकारी व्यवसायी समितीले आँफै खर्च गरेकोले ५ रुपैया गरी ३५ रुपैया र स्थानिय व्यवसायीलाई ३५ रुपैयामा उपलब्ध गराएको बताइएको छ । जस्तोको टमाटरमा व्यापारीहरुलाई सबै खर्च काटेर ४० रुपैयामा दिएको छ ।
चेम्वर अफ कमर्सले संकटका वेला जाेखिम माेलेरै भएपनि खाद्यान्न तथा दैनिक उपभाेग्य बस्तुकाे सहज आपुर्तीका लागि व्यवसायीहरूले खेलेकाे भुमिकाकाे लागि आभार समेत व्यक्त गरेकाे छ ।
चेम्वर अफ कमर्शका जिल्ला अध्यक्ष अशाेक कुमार श्रेष्ठले एक प्रेस बिज्ञप्ती जारी गरि आफुहरु सहज आपुर्तीकाे लागि जाेखिम माेल्न तयार रहेकाे स्पष्ट पारेका छन् ।
“तरपनि विषम परिस्थितिमा धमिलाे पानीमा माछा मार्न खाेज्ने नहाेलान भन्न सकिन्न ।” अध्यक्ष श्रेठले भनेका छन् “कहिँ कतै यस्ता प्रवृति छन् भने उनिहरुलाइ कारवाहिकाे दायरामा ल्याउनकाे लागि चेम्वर अर्घाखाँची सहयाेग गर्न तयार छ ।”
अर्घाखाँची चेम्वर अफ कमर्सले संकटकाे बेला जाेखिम माेलेरै भएपनि सहज आपुर्तिमा भुमिका खेल्ने सवै व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गर्दै संकटकाे बेला व्यवसायिक धर्म बिर्सनेहरुप्रति सवै एक हुनुपर्नेमा समेत जाेड दिएकाे छ ।