अर्घाखाँचीमा एम्बुलेन्स चालक संघद्वारा प्रहरी र शसस्त्र प्रहरीलाई मास्क हस्तान्तरण

प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  संयुक्त एम्बुलेन्स चालक संघ नेपाल अर्घाखाँचीले नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई मास्क हस्तान्तरण गरेको छ ।
जिल्लामा सञ्चालित एम्बुलेन्स चालकहरुको सस्था एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयलाई दुई सय चार र शसस्त्र प्रहरीलाई एक सय एक थान मास्क प्रदान गरेको संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष बोम बहादुर सन्वनीले बताउनु भयो ।
संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष बोम बहादुर सन्वनी ,सचीव दिपक बहादुर गाहाले शस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक माधव रेग्मी र जिल्ला प्रहरी कार्यलयका प्रतिनिधिलाई कार्यलयमै पुगेर मास्क हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सदस्य सहयोगी विसी, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थितिमा सुरक्षा निकायमा मास्क प्रदान गरिएको हो ।

अन्य समाचारहरु