काठमाडौलाई माया मारी अर्घाखाँचीमा समाजसेवा गर्दै युवा ब्यबसायी दिपक कार्की

सुर्य भुसाल 
सिमलपानी, अर्घाखाँची । काठमाडौंको सितापाईला निबासी दिपक बहादुर कार्की अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका – १४ सिमलपानीको पाबराका स्थानियबासी बनेर गाउँको सेवा गरेका छन् । 
काठमाडौंको सितापाईलामा सुबिधा सम्पन्न तिनतले भबनमा निवासी उनि अहिले शितगंगा नगरपालिका वार्ड नम्बर १४ बिक्रम सोतामा काठमाडौबाट बसाइँ सराई गराई त्यहाँको स्थानिय बनि काम गर्न लागेको १० बर्ष पुग्न थालेको छ । 
पेसाले निर्माण ब्यबसायी दिपक बहादुर कार्की बिएनबि कन्ट्रकसन प्रालिका सन्चालक हुन । सानै उमेरमा राम्रो आम्दानी तथा समाज सेविको रुपमा चिनिएका कार्की बिक्रमसोता पाबर्राका अभिभावकको भुमिकामा छन् ।
कुनै पनि काम गर्दा दु:ख सुख अप्ठ्यारो पर्दा त्यहाँका स्थानियले दिपक कार्कीको नाम लिने त गर्छन थप उनले बिरामी परेकाहरुलाई मोटरसाइकललाई एम्बुलेन्सको रुपमा प्रयोग गरेर औषधि उपचार गराउने गर्छन । 
बिधुत सामान सम्बन्धी काम गर्ने युवा ब्यबसायी समाजसेवी कार्की  बिभिन्न अनलाइन मिडियाहरुमा आबद्द हुनुको साथै नेपाली कांग्रेसका शितगंगाका युवा नेता समेत हुन ।
गाउँको सुख दु:खमा काम गर्ने कार्की सामाजिक काममा ब्यस्त छन् । सामाजिक काम गर्न मन पराउने कार्कीको बिधुतिय सामान पोल डिआईरन च्यानल तयारी गर्ने कम्पनी समेत छ । दिन दुखीलाई सहयोग गर्ने कार्की सबैका प्रिय छन् । 

अन्य समाचारहरु