अर्घाखाँचीमा कम्युनिस्ट नेता तथा पुर्व शिक्षक बुद्धि रायमाझीको निधन (पछिल्लो भिडियो अन्तरवार्ता सहित)

२०७७ वैशाख २२, सोमवार मा प्रकाशित

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २०७७ वैशाख २२, सोमवार । अर्घाखाँची जिल्लामा कम्युनिस्ट आन्दोलनका नेता तथा पुर्व शिक्षक  बुद्धि बहादुर रायमाझीको ६९ वर्षको उमेरमा निधन भएको छ ।
अर्घाखाँचीको कम्युनिस्ट आन्दोलनका नेता,  नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका प्रभावशाली नेता तथा  श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीका  पुर्व शिक्षक  बुद्धि बहादुर रायमाझीको फाेक्साेकाे क्यान्सरका कारण सोमबार अपरान्ह ३ बजे काठमाडौमा दु:खद निधन भएको हो । उहाँको लामो समय देखि काठमाडौमा उपचार चलिरहेको थियो।
नेपाली कम्युनिस्ट आन्दोलनमा १३ बर्ष जेल जीवन बिताउनु भएका पुर्ब शिक्षक बुद्धि बहादुर रायमाझीको लामो समयदेखि फाेक्साेकाे क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । सन्धिखर्क नगरपालिका वार्ड नम्बर- २ संखेटारी निवासी रायमाझीको जन्म २००७ साल चैत्र १ गते (14 March , 1951)  भएको थियो । 
क्यान्सर भएपछि भारतमा लामो समय करिव १५ लाख रकम खर्चेर उपचार गरेपनी निको नभएपछि रायमाझीलाई नेपाल ल्याईएको थियो । भारतबाट आएपछि आफ्नै देशमा उपचार गर्न रायमाझी काठमाडौं पुग्नु भएको थियो । काठमाडौंमा उपचार गराईरहेका रायमाझीको सोमबार दिउसो सभा तिन बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।  रायमाझीको भोली मंगलाबार पशुपतीको आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ ।
रायमाझीले सन्धिखर्कको श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीमा लामो समय अध्यापन गर्नु भएको थियो । उहाँ चर्चित हर्रेबर्रे काण्डका एक अगुवा पनि हुनुहुन्थ्यो । तत्कालीन नेकपा एमाले केन्द्रिय स्कुल बिभाग सदस्य रहेका रायमाझी पछिल्लो समय  प्रगतिशिल लेखक संघ जिल्ला अध्यक्ष, जेष्ठ नागरिक जिल्ला अध्यक्ष लगायत धेरै संघ संस्थामा आवद्ध थिए । 

लुम्बिनी अन्चल नेपाल कम्युनिस्ट पार्टीको निर्णय अनुसार २०३० साल फागुन २८ गते रायमाझी सहित अन्य कम्युनिस्ट नेताहरू अर्घाखाँचीको सिद्दारा बर्रे संघर्ष काण्डमा उत्रिएका थिए । त्यहि काण्डको बिषयलाई लिएर रायमाझीले १४ बर्ष आफ्नो जेल जिवन बिताउनु पर्यो । २२ बर्षको उमेरमा जेलमा परेका रायमाझीले जेल भित्रै अध्यन गरि स्नातक पास गरे । १४ बर्ष जेल छुटेर आएपछि रायमाझी अझ पार्टीको हितमा योग्य कर्मठ खम्बा भएर उभिए । पार्टीलाई जहाँ अप्ठ्यारो परेको छ त्यहि ठाँउमा म जान्छु भनेर पार्टीको काममा खट्ने प्रभावशाली नेतालाई गुमाउनु परेको रायमाझीका अत्यन्तै सहपाठी मित्र नेकपाका नेता नरेन्द्र क्षेत्रीले बताए । पदिय भन्दा पनि काममा बिश्वास गर्ने रायमाझीको बानी रहेको नेता क्षेत्रीले बताए ।
तत्कालीन शासकका बिरुद्द तथा जनताको न्याय मुक्ति एव लोकतन्त्र प्राप्तिको लागि राजनैतिक बन्दिको रुपमा १३ बर्ष जेल बस्नु भएको थियो ।  जेल बसाई कै क्रममा निरंकुशताको बिरुद्द सङठित हुँदै गर्दा कठोर मेहनेत गरेरे उच्च शिक्षा प्राप्त गर्नुभयो ।
आफ्नो जिवनलाइ कम्युनिस्ट क्रान्तीलाई समर्पण गर्नुभएका रायमाझी अर्घाखाँची सन्धिखर्क निवासी इमान्दार बौदिक एव पुराना कर्मठ कम्युनिस्ट नेताको रुपमा समाज तथा आम पार्टी कार्यकर्ता बिच लोकपृय हुनुहुन्थ्यो ।
काठमाडौ स्थित नख्खु भद्र्गोल जेलमा रहदा बर्तमान प्रधानमन्त्री केपी ओली लगायतका उच्च नेताहरुसग सम्पर्कमा आउनुभएका रायमाझीले आफ्नो जिवनमा पार्टीको तर्फबाट न त कुनै लाभको पदमा रहनुभयो न त पार्टी पङ्तीको लागि कुनै सम्झौता पनि गर्नुभएन जसले गर्दा उहाँ स्वच्छ छबि भएका कम्युनिस्ट नेताको रुपमा हुनुहुन्थ्यो ।
जिल्लामा पुराना अङ्ग्रेजी बिषयमा राम्रो दखल राख्ने अङ्ग्रेजी शिक्षकको रुपमा पनि उहाँ परिचित हुनुहुन्थ्यो । उहाँका अर्घाखाँचीमा कम्युनिस्ट पार्टीको स्थापना र बिकास तथा बर्रे संघर्ष र हाम्रा भोगाई नाम राजनैतिक कृति प्रकाशित छन् भने मुलधारका पत्रीकाहरुमा समसामयिक सामाग्री प्रकाशित हुँदै आएका थिए ।
स्व. रायमाझीका श्रीमती र १ छोरा २ छोरी छन् । श्रीमती बिजुला रायमाझी कुर संखेटारीमा  अध्यापन गर्नुहुन्छ ।

अन्य समाचारहरु